
सुन्ने, कि हेर्ने !
१५ पुष २०७५, आईतवार २०:५४
यसै महिना यो पङ्तीकार एक अन्तरवार्ताका क्रममा सामुदायिक सूचना नेटवर्क (सिआइएन) को पाटन ढोका स्थित कार्यालयमा पुग्दा स्टुडियो बाहिरको चियापसलमा टेलिभिजन चलिरहेको थियो । भारतीय खेल जगतको एक ठूलो मञ्च आइपिएलको यस सँस्करणमा नेपाली खेलाडी पहिलो पटक छानिएकाले बहुचर्चित रह्यो । सबैजसो टेलिभिजन भएङ्का घरमा कम्तीमा युवाहरू चाहिँ आइपिएल नै हेरिरहेका पाइन्छन् यो सिजनमा । क्रिकेट चलिरहँदा टेलिभिजनमा बीचमा व्यापारिक विश्राम आयो । पसलेले हत्तपत्त टेलिभिजन बन्द गरिदिए र रेडियो खोले । रेडियोको फ्रिक्वेन्सी ९आवृत्ति० परिवर्तन गर्दागर्दै उनको चिया पनि उम्लिएर पोखियो, रेडियो पनि बजेन । अन्तरवार्ताको समय ढिलो भएकाले फुर्स्दिलो समयमा चासो राखियो, ’अङ्कलको रेडियो सुन्ने बानी चाहिँ मेरो चिया खाने बानी जत्ति नै रहेछ १ ’ हँसिला ती काकाले मन खोले ।
‘रेडियो नेपाल’ बजाउन खोजेका रहेछन् । “हामी त गाउँमा जन्मे हुर्केका मान्छे यही रेडियो सुन्दै आयौँ । अब अहिले त एफएम भन्छ जताततै । रेडियोमा पनि खासै पहिलेजस्ता प्रस्तोता नि छैनन् । एफएमै बज्छन्, गीतै बजाउँछन् । समाचार सहरका मात्रै आउँछन् ।“ ९ काकाले समाचारकै शैलीमा पिडा पोखे । उनको पीडाले पङ्तिकारलाइ विगतमा धकेल्यो जतिबेला कक्षा १र२ मा पढ्ने बेला ’फिलिपिन्स’को रेडियोमा एउटै स्थायी च्यानल हुन्थ्यो रेडियो नेपाल । सुदूरपश्चिमको बैतडीमा कुनै एफएम स्टेसन हामीले सुनेका थिएनौँ । राति ७ बजे खाना पकाउने बेला हुनाले हामी ९ बजेको समाचार मात्रै सुन्न पाइन्थ्यो, त्यो पनि सानो आवाजमा । ठुलो आवाजमा रेडियो बजेको सुनिए घरमाथिको बाटोमा हिँड्ने ’माउवादी’को डर हुन्थ्यो । अहिले एक दशक पछि देशले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता, समावेशिता लगायतका उपलब्धि हात पारेको छ । मन खोलेर रोजेको एफएम सुन्न पाइएको छ । ’दी वर्ल्ड फ्याक्ट्री’का अनुसार संसारमा ४४ हजार रेडियो स्टेसन छन् भने हामी अत्यधिक सङ्ख्यामा रेडियो स्टेसन हुने देशमा पर्छौँ ।
रेडियो प्रविधि विश्वमा फैलिएको शताब्दी नाघ्यो । सन् १९०१ मा माकोर्नीले रेडियो सङ्केतलाई आन्ध्र महासागर वारपार २१०० माइल टाढासम्म सुन्ने बनाएपछि यसको बृहत् विस्तार भएको थियो । नेपालमा भने सन् १९५० को अप्रिल ९२० चैत्र २००७० देखि काठमाडौँमा औपचारिक रूपमा सरकारी स्तरबाट प्रजातन्त्र नेपाल रेडियो खुलेको हो जुन अहिले रेडियो नेपाल छ । पहिलो गैरसरकारी रेडियो खुल्न रेडियो नेपालले ५ दशक कुर्नु पर्यो भने झन्डै ६५ वर्ष पछि रेडियो नेपाललाई नै चुनौती दिनेगरि सयौँ सामुदायिकरगैरसरकारी रेडियो स्टेसनहरू खुले । २०५४ सालमा स्थापना भएको रेडियो सगरमाथा नेपालको मात्र हैन दक्षिण एसियाकै पहिलो गैरसरकारी रेडियो भएको दाबी गरिन्छ । अहिलेको सङ्ख्या मात्र हेर्ने हो भने पनि रमाइलो छ ।
एक रेडियो अन्तरवार्ताका क्रममा बोल्दै लेखक
सूचना तथा सञ्चार मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्ने हो भने इजाजत प्राप्त एफएम रेडियो ७ सय ४१ पुगेका छन् । ती मध्ये देशभर करिब ३ सय १५ सामुदायिक रेडियो छन् । रेडियो नेपाल अन्य सरकारी निकाय र सरकारी स्वामित्वको संस्थाहरूजस्तै थला परेकै अवस्थामा छ । काठमाण्डौँमा चिया बेचिरहेका ती काका जस्तै गाउँमा घाँस काट्दै, गोबर सो हर्दै या खाना पकाउँदै गरेका आम नेपालीहरूले प्रस्ट रूपमा रेडियो नेपाल सुन्न सक्दैनन् । नीरक्षरहरुले पनि सूचना पाउन सक्ने, प्रविधिभन्दा टाढा रहेकाहरूले पनि मनोरञ्जन पाउन सक्ने रेडियोको भूमिका भने साँच्चै बढ्दो छ । अहिले पनि सडकले सहरसँग नजोडिएका र अरू सञ्जालबाट सिंहदरबारको पिठ्युँपछाडि रहेका दूरदराजका गाउँसम्म सिंहदरबार जोडिन सक्छ भने त्यही सिंहदरबारबाट तरंगित हुने रेडियो नेपाल हो । उनीहरू त चाहन्छन् एएएमहरुजस्तै स्पष्ट आवाजमा रेडियो नेपालको तरङ्ग साँझविहान घन्किरहोस् तर यो किन भइरहेको छैन अनुत्तरित प्रश्न भयो रु अहिलेलाई यो प्रसङ्ग यही बिट मारौँ !
नेपालमा रेडियो संस्कृति
अहिले नेपालमा सरकारी, व्यावसायिक र सामुदायिक गरेर तीनप्रकारका रेडियोहरू छन् । सरकारी अथवा रेडियो नेपालको श्रोतमा पहुँच सर्वाधिक भए पनि त्यसको गुणस्तर र जनताको सहजताका हिसाबले न्युनक्रममा छ । नामैले व्यावसायिक व्यावसायिक रेडियोहरू नाफामुखी र व्यापारमुखी छन् । तिनले आमनागरिकका चासो र समस्या, दुःख र आवाज तर्फ ध्यान दिने कुरा भएन । उनीहरू सहरमुखी मात्र हैन विज्ञापनमुखी र बजारमुखी छन् । यद्यपि उनीहरूको कारण रेडियोको क्षेत्र भने विस्तार भएकै छ र केही रोजगारी समेत सिर्जना भएको छ । तेस्रो र सर्वाधिक पहुँचमा रहेका सामुदायिक रेडियोहरू प्रभाव र पहुँचमा निकै निपुण छन् । उनीहरू सङ्ख्यामा र गुणस्तरमा यिनै सामुदायिक रेडियोहरू नागरिकमाझ उपलब्ध र लोकप्रिय छन् ।
सामुदायिक रेडियोहरूले नेपालको अधिकतम निरक्षर नागरिकलाई सूचना, समाचार र मनोरञ्जन मात्र हैन विविध सामुदायिक सार्वजनिक चासोका विषयहरूमा उल्लेख्य योगदान गरेका छन् । स्थानीय मातृभाषाको जागरण र स्थानीय सरकारसम्म आवाज पुर्याइदिएर सामुदायिक रेडियोहरूले समुदायलाई गुन लगाएका छन् । विभेद, पछौटेपन र आजको विश्वभन्दा टाढा रहेको समुदायलाई उनीहरूकै लवजमा सूचना र समाचार पस्किन सामुदायिक रेडियोहरूका आफ्नै चुनौती छन् ।एक तथ्याङक अनुसार नेपालका फरक ५० भाषामा कार्यक्रम सञ्चालन गर्नुका साथै ८० प्रतिशत बढी जनसंख्यासामु एकै पटक पुग् नसक्ने सामर्थ्य हाम्रा रेडियोहरूसँग छ । साँचो अर्थमा लोकतन्त्र प्राप्ति पछिको जनजीवनलाई परिवर्तन गर्ने एक मात्रै उपलब्धि रेडियोमार्फत सूचना र मनोरञ्जन पाउनुभएको यथार्थ छँदै छ ।
गैरसरकारी हुनुले मात्र हैन सरकारको आवश्यक सहयोग बिना खुलेका रेडियोहरूको आफै सञ्चालन हुने सम्बन्धी पनि समस्या त छन् । सामुदायिक रेडियोहरू कति ’सामुदायिक’ छन् भन्ने समीक्षा गर्न पनि गाह्रो छ । सरकारले हिजोसम्म चाहिँ सहयोग नगरेको मात्र हैन ’नजर’ पनि नलगाएको हो । सरकारको नजरबिना सञ्चालित रेडियोहरू समुदायकोलागि कति र प्रायोजकहरू र दाताहरूका लागि कति सञ्चालन भए भन्ने अहमद प्रश्न छ । खास गरी ’धर्मान्तरण’ को लागि सामुदायिक रेडियोको प्रयोग भएको र आर्थिक रूपमा सञ्चालित हुन सहयोग लिनु आफ्नो बाध्यता भएको सहज उत्तर रेडियोहरूले दिने गरेका छन् । उसो त यसका लागि कर असुलीको अनुपातमा कल्याणकारी विज्ञापन समेत दिन कञ्जुस्याइ गर्ने आवश्यक अनुगमन नगर्ने सरकार पनि यसकालागि उत्तिकै जिम्मेवार छ । आइएनजीओहरुमार्फत इसाई मिसिनरीमात्र हैन हाम्रा रेडियोहरूलाई चुनौती भनेको बढ्दो दलियकरण पनि हो । राजनीतिक पार्टी र तिनका गुटै पिच्छेको हितमा काम गर्नेगरि सञ्चालित हुनुको बाध्यता बारेको पनि समस्या समाधान हुन जरुरी छ ।
सामुदायिक रेडियोहरूको लागि भनेर खोलिएका संस्थाहरूले पनि केही रियलाइजेसन गर्न जरुरी छ । रेडियो लाइ समुदायतिर हैन राजधानीतिर केन्द्रित गराइरहेका उनीहरूलाई राजधानीमा रेडियो मर्निङ वाक गर्ने बेला कानमा इअरफोन हालेर मात्रै सुनिने तथ्य थाहा हुनुपर्छ । खास गरी विपदको बेला छिटो सन्देश पुर्याउन र आम रूपमा ग्रामीण भेककै लागि रेडियो हो र हुनुपर्छ । तर रेडियो लाइ सहरसम्म र इन्टरनेटमा भिडियो मात्रै हेर्ने नयाँ पुस्तालाई रेडियोतर्फ आकर्षित गर्न जरुरी छ । संस्थागत भनिने निजी विद्यालयहरूलाई बैङ्कहरूजस्तै मर्ज रमा जान दिशानिर्देश गर्ने रेडियोहरू तुरुन्तै आफू पनि मर्ज रमा गएर आफ्नो परिचय दिनुपर्ने बेला आएको छ । सङ्ख्या भन्दा गुणस्तर र समुदायहितमा समर्पित हुँदै प्रविधिको उच्चतम प्रयोग र विषयवस्तुमा मौलिकपना मात्रै थप्न सके पनि नेपाली रेडियो जगतक गौरवमय गरिमा बरकरार रहन सक्नेछ । परिवारमा बाजेदेखि नातिसम्म, दिदीभाइ र आमाबुबासँग सँगै बसेर समाचार, सूचना, मनोरञ्जन र समसामयिक सामाग्री सुन्न सक्ने चरित्रको रेडियो जगत् निर्माण भए त नयाँ युवा पुस्तालाई पनि ’रेडियो सुन्ने कि भिडियो हेर्ने ’ भनेर दोधार होला । अहिलेको अनलाइन युगमा औसत व्यक्तिलाई पत्रपत्रिकाका पानाभरिका समाचार सुन्ने समय छैन । के त अनलाइनमा समाचारको हेड लाइन मात्र हेरेर शेयर गरिहाल्ने र विश्लेषण समेत गरी भ्याउने कि त युट्युबको भिडियो भण्डारमा रमाउने युवा तथा किशोरकिशोरीहरु भिडियो हर्नेभन्दा रेडियो सुन्नेतर्फ आकर्षित गर्न सकिन्छ । सक्नुपर्छ । काठमाण्डौँमा चिया बेचिरहेका ती काका र बैतडीको गाउँमा घाँस काट्दै रेडियो सुन्ने दिदीले रेडियो नै छान्नेछन् । यही हाम्रो रेडियो सञ्चारको अबको लक्ष्य हुनुपर्छ ।
– हरीशप्रसाद भट्ट
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान