
प्रहरीद्वारा कन्टेनर चालक कुटिए
१८ भाद्र २०७६, बुधबार १६:२७
रसुवा– रसुवामा प्रहरीले कन्टेनर चालकमाथि कुटपिट गरेको छ । चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकमाथि दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको जनाइएको छ ।
चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जालमा राखेपछि प्रहरीको आलोचना भइरहेको छ । रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालका अनुसार उक्त घटना मंगलबार टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान शुरु भएको छ ।
उक्त भिडियो ओर्जिनल भए नभएको र उक्त घटनामा देखिए अनुसारको व्यवहार के कति कारणले भएको हो, त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई कारबाही हुने प्रहरी प्रमुख ढकालले बताए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ भने केही प्रहरीहरुको आनीबानीका कारण संस्थाकै छवी बिगार्ने काम भएको कुरा विभिन्न क्षेत्रका नेपालीहरुले प्रश्न उठाएका छन् ।
पूर्व बालसैनिक लेनिन विष्टले यस विषयमा ट्वीट गरेका छन्ः
रसुवा जिल्ला गोसाइँकुण्ड गाउँ पालिका नेपाल केरूङ सिमाना टिमुरेमा एक गरि खाने मजदुर सवारी चालक माथी पुलिस प्रशासनले ज्याजति गरेको छ।
यस्तो गर्न पाइन्छ कि पाइदैन होला ?
नेपाल प्रहरी प्रशासन कार्यालयको ध्यान जान… https://t.co/U3WgELRFCu— Lenin Bista (लेनिन ) (@LeninBista1) September 3, 2019
रसुवामा आज (भाद्र १७ )मा सवारी चालकलाई नेपाल प्रहरिले दुर्व्यवहार र कुटपिट गरेको छ के प्रहरी मेरो साथी यसैलाई भनिएको हो @NepalPoliceHQ @hello_sarkar @MofaNepal ? pic.twitter.com/hEIZ0UDTuD
— विष्णु धिताल (@bishnudhital71) September 3, 2019
@NepalPoliceHQ लौन यो के भएको हो ,नेपाल प्रहरी को अनुसन्धान भै र को होला भनेर बुजे। अरु ले नि तेइ बुजिदिनुस् है ।
रसुवा प्रहरीको दादागिरी, बिच सडकमै गाडी चालकको रामधुलाई https://t.co/TT5sZBzUts via @YouTube
— महेश्वोर लामिछाने (@maheshatbas1) September 3, 2019
भिडियो यस्तो छः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय