
टाइटानिक डुबेको थिएन : सय वर्ष पुरानो रहस्य
२१ भाद्र २०७६, शनिबार ०७:००
हामी सबैले विशालकाय पानीजहाज टाइटनिकको बारेमा धेरै सुनेका छौं । सन् १९१२ को अप्रिल महिनामा यस जहाज डुव्दा विश्वमा निकै खैलाबैला मच्चियो भनें अर्कोतर्फ त्यस विश्वको सर्वाधिक राम्रो र कहिल्यै नडुव्ने भनिएको सर्वोत्तम जहाजमा धेरै धनाड्य वर्गहरुको पनि मृत्यु भएको थियो ।
१७ अप्रिलमा न्यूयोर्क पुग्नपर्ने जहाज कहिल्यै गन्तव्यमा पुगेन् । १० अप्रिलमा बेलायतको साउथहैम्टनबाट निस्केको जहाज बिच्चमा फ्रान्स र आयरल्याण्डमा बिश्राम पनि लियो ।
यस जहाजमा निम्न श्रेणीमा निम्न सख्याँमा यात्रुहरु थिए ।
फस्र्ट क्लासमा ३२४ जना
सेकेण्ड क्लासमा २८४ जना
तर्ड क्लासमा ७०९ जना
कूल १३१७ जना यात्रु बोकेको यो जहाजसंग धेरै रहस्य डुबेको पाइन्छ ।
पछि सन् १९९८ मा जेम्स क्यामरुनले यस जहाज डुब्नुको बिषयलाई लिएर एउटा चलचित्र पनि बनाए जुन अत्यन्त सफल भयो, अझै पनि उक्त जहाजको अशंहरु एट्लान्टीक समुन्द्रको गहिराईमा छ अनि त्यस जहाज डुब्नुका राजहरु पनि आज सय वर्ष भन्दा धेरै भएतापनि जनमानसको चासोको बिषय हो ।
कन्सीपीरेसी थियोरीहरुका अनुसार यस जहाज डुबेको थिएन बरु यस जहाजको साटो अन्य कुनै जहाज डुबेको थियो, आज हामी यसै कुराहरुमा आधारित रोवर्ट गार्डनरले लेखेका पुस्तक टाइटनिक द शीप द्याट नेभर स्याकंको समीक्षाका रुपमा केहि तथ्यहरु ल्याँउदैछौं ।
खास्मा हिँउको टुक्रामा जहाज ठोक्किएपछि यस जहाजका २ टुक्रा भएका र क्रमश केहि घण्टामा नै जहाज डुबेको, जहाजमा पर्याप्त लाइफ सेभिगं बोटहरु नभएका अनि चिसो ठाँउमा जाडोले हजारौं मान्छेको मृत्यु भएको तथ्य छ, जुन सत्य हो तर के त्यो डुबेको जहाज टाइटनिक नै थियो त ?
आखिर टाइटनिक बनाउने कम्पनी वाइट स्टार लाइन र टाइटनिकको अर्को उस्तै देखिने ओलम्पीया जहाज बिचको रहस्य के हो त ? हामी माथि उल्लेखित पुस्तकको तथ्यहरुलाई सप्रसंग ल्याउन खोज्दै छौं ।
हबहु टाइटनिक जस्तै देखिने अर्को जहाज ओलम्पीक सहित ह्वाइट स्टार लाइन कम्पनीको दुईवटा विशालकाय जहाजहरु थिए । यस कम्पनी जहाजको गुण र सेवाको गुणस्तरका बिषयले विश्वभरि चर्चित कम्पनी त थियो तर केहि समयअगाडि ओलम्पीया जहाजको
सेनाको जाहजसंग ठक्करका कारणले निकै धेरै मरम्मत खर्च उक्त कम्पनीले बेहोर्नु परेको थियो । यस खर्चका कारण बन्दै गरेको टाइटनिकको निर्माणमा खर्च कम्पनीलाई नपुगेको बताइन्छ । यस कारणले निर्धारित समय अर्थात अप्रिल १० मा टाइटनिकको प्रथम यात्रा रोकिन सक्ने थियो जस्ले गर्दा कम्पनीलाई थप निकै नोक्सान बेहोर्नु पर्ने हुनसक्थ्यो तसर्थ कम्पनीले अर्को जहाज ओलम्पीकलाई फटाफट बनाउन लगाएर र केहि डेकको स्वरुपमा परिवर्तन गरेर टाइटनिकको साटो उतारेको तथ्य लेखक रोवर्टले सप्रमाण पेश गरेका छन् ।
ओलम्पीकको सेनाको जहाजसंगको टकरावमा बिमा कम्पनीले सम्पूर्ण मर्मत खर्च ह्वाइट स्टार कम्पनीलाई नै तिर्न लगाएको बताइन्छ । यो टकराव २० सेप्टेम्बर १९११ मा भएको थियो जुन टाइटनिकको प्रथम यात्राको पूर्वनिर्धारित दिन भन्दा केहि महिनामात्र ओलम्पीक टाइटनिकभन्दा केहि मात्र पुरानो त थियो तर यस्को बिचको भागमा भएको निकै ठूलो क्षतीलाई हतारमा झारो टार्ने हिसाबले मात्र मर्मत गरिएको लेखकले तस्वीरमा देखिने केहि धमिलो भागलाई उदृत गर्दै लेखेका छन् ।
उक्त टकरावमा ओलम्पीकको बिचको भाग र प्रोपेलर पनि क्षतिग्रस्त भएको बताइन्छ, गल्ती ओलम्पीकको नभएको धेरै मान्छेहरुको गवाही भएतापनि अन्तत शाही जहाजको मर्मत खर्च पनि ह्वाइट स्टार लाइन कम्पनीले बेहोरेको थियो । उता बिमा कम्पनीले पनि बिमा रकम दिन मानेन । अर्थिक नोक्सान भरपाइ गर्नलाई कम्पनीले एउटा गुप्त योजना बनाँउदै क्षतिग्रस्त ओलम्पीकलाई तुरन्त बनाउन लगाएर र केहि डेक र कार्पेटहरु परिवर्तन गरेर टाइटानिकको ठाँउमा राखिदियो भनें बन्दै गरेको टाइटनिक चाँही ओलम्पीकको ठाँउमा बनाउने गरि राखिदियो ।
यसको प्रमाणस्वरुप लेखक रोवर्टले टाइटनिक बन्दै गरेको सन् १९११ को फोटो र त्यसमा भएका जहाज माथिका चिम्निहरु, तिनको उचाई र सख्याँलाई पछि अप्रिल १० को टाइटनिकसंग मेल नखाएको स्पष्ट प्रमाण दिएका छन् ।
जहाजको मध्यभागमा भएको कालो रंगको पाटो केहि नमिलेको र बनाएको जस्तो टाइटनिकको वास्तविक फोटो दायाँ तर्फबाट हेर्ने जोकोहीले पनि ध्यान दिएर हेर्दा स्पष्ट हुन्छ ।
कम्पनीको योजना सरल थियो, न्यूयोर्कसम्म साउथह्याम्पटनबाट पुग्न टाइटानिकको साटो अर्को जहाज राखिदिने र बाटोमा उक्त जहाजलाई दुर्घटना गराएर बिमा रकम असुल गर्ने । कम्पनीको यो लालची निर्णयमा धेरै जनाको ज्यानको बली चढेको लेखकको प्रमाण सहितको तर्क छ ।
यस योजनालाई ४ मुख्य मान्छेले लागु गरे जस्मा टाइटनिकका डिजाइनर थोमस एन्ड्रयू, ह्वाइट स्टारका चेयरम्यान जे ब्रुस ईस्मे, ह्वाइट स्टारका मालिक जे पी मोर्गन, हारल्याण्ड र वुल्फ कम्पनीका मालिक लट पेरि थिए । टाइटनिकको अन्तिम र पहिलो यात्रामा जाने भनिएका कम्पनीका मालिक मोर्गनले अन्तिम समयमा आफ्नो यात्रा स्थगन गरे जस्को कारण उन्को स्वास्थ अवस्था बताइयो तर त्यसै हप्ता टाइटनिक समुन्द्रमा यात्रा गर्दै गर्दा यी ४ जना नै फ्रान्समा सकुशल बिदा मनाइरहेको तथ्य पनि लेखकको प्रमण सहित पेश गरिएको छ ।
मालिक जे पी मोर्गनले टाइटनिकको प्रथम यात्रा शुरु हुन एक दिन अगाडि जहाजबाट अति बहुमुल्य ७ वटा पितलका मुर्तिहरु निकाल्न लगाएका थिए । प्रमाण र घटनाक्रमले टाइटनिकको दुर्भाग्यलाई पनि एउटा योजना र षडयन्त्रसंग हुबहु जोडिदिएको छ । पछि सन् १९३५ मा जब ओलम्पीक जहाजमा प्रयोग भएका काठहरु अमेरिकाको एउटा होटल निर्माणका लागि बेचियो तब जहाजका डेकहरुमा प्रयोग भएका काठमा सिंढिहरुमा ४०१ अकं लेखिएका थिए जुन अकं टाइटनिकको निर्माणको समयमा टाइटनिकको काठमा थियो । यस हिसाबले उक्त जहाज ओलम्पीक नभई टाइटनिक भएको पनि पुष्टि भएको थियो । अमेरिकाको एल्वीक ह्वाइट स्वन होटलमा अझै पनि यि काठमा सिंढिहरु देख्न सकिन्छ जस्मा स्पष्टसंग टाइटनिकको कोड ४०१ अकिंत छ ।
उक्त रहस्य १०० वर्ष बढि अघिदेखि चलिआएको छ र प्रमाणस्वरुप जहाज १०७ बर्षदेखि समुन्द्रको सतहमा नुनिलो पानीको सामना गर्दै खिया लागेर बसिरहेको छ । टाइटनिक एउटा इतिहासको रहस्य हो जस्लाई कसैले सुल्झाउन सकेनन् ।
यी घटनाहरुका आधारमा टाइटनिक अहिले नडुबेको प्रमाणित हुन्छ, एकफेर मौका परेमा रोर्वट गार्डनरको पुस्तक टाइटनिक द शीप द्याट नेभर स्याकं पढ्न सक्नुहुनेछ ।
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा