Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

ऋषि कपुरलाई न्यूयोर्कको ट्याक्सीमा जब अनुपम खेरले भेटे

१८ भाद्र २०७६, बुधबार १८:४५


सामाजिक सञ्जाल ट्वीटरमा बलिउडका उम्दा अभिनेता अनुपम खेरले भर्खरै एउटा भिडियो पोष्ट गर्दै बलिउड भेट्रान कलाकार ऋषि कपुरलाई जन्मदिनको शुभकामना फरक तरिकाले दिएका छन् । क्यान्सरको सफल उपचारपछि संयूक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका भेट्रान बलिउड जोडि ऋषि कपुर र नितुकपुरले पहेंलो ट्याक्सीमा सवार हुँदैगरेको भिडियो अनुपम खेर आफैले खिचेर सार्वजनिक गरेका छन् ।

अनुपम खेरले भिडियो पोष्ट गरेको ट्वीटमा लेखेका छन्ः

“जन्मदिनको शुभकामना @chintskap (chintskap ऋषि कपुरको ट्वीटर ह्याण्ल हो) !! भगवानले तपाईंलाई संसारको सबै खुशीहरु दिउन् । तपाईं सदा स्वस्थ्य तथा स्वतन्त्र उत्साही रही रहनु । मैले न्यूयोर्कमा हाम्रो एउटा गतिलो समय एकसाथ बिताएँ र पँहेलो ट्याक्सीले हामीलाई हाँक्ने छ । तपाईं हाम्रो रिल र रियल हिरो हो । सदा माया र प्रार्थना । ???”

भिडियोमा अनुपमखेरले ऋषि कपुरतर्फ भिडियो खिच्दै भन्छन्, “न्यूयोर्कमा ट्याक्सीमा” हा हा । एशियालीमूलका झै लाग्ने ट्याक्सी चालकलाई सोध्छन्, “तिमी कुन ठाउँको हौ?” । ३ जना सुपरस्टार आफ्नो ट्याक्सीमा देख्दा प्रशन्न मुद्रामा रहेका ट्याक्सी चालकले भन्छन्, “बाङ्लादेश” । नितु भन्छिन्, “हाम्रो चै मुम्बई” । ठूलो शहरमा सादगीयूक्त जीवनको नमूना झै लाग्ने भिडियो केवल ३४ सेकेण्डको छ जसमा तिनैजना खुशी देखिन्छन् । धेरै बेर ट्याक्सीलाई छेकीरहेका अनुपमलाई ऋषिले भनेका छन्, “दियर ईज अ क्याब ब्लडी..”

नेपाली सिनेमा घरमा र धेरै नेपालीहरुको मनमा बस्न सफल नेपालीहरुका तर्फबाट पनि बलिउड अभिनेता ऋषि कपुरलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत