
ईजिप्टका पूर्वराष्ट्रपतिका छोराको अल्पायूमै मृत्यु
१९ भाद्र २०७६, बिहीबार १०:५१
ईजिप्टका शक्तिशाली नेता एवं प्रभावशाली पूर्वराष्ट्रपतिमोहम्मद मोर्सीका कान्छा छोराको अल्पायूमै मृत्यु भएको छ । उनी केवल २४ वर्षका थिए, गाडी चलाइरहँदा एक्कासी श्वासप्रश्वाँसमा अफ्ठेरो भएको केहि समयभित्रै उनको मृत्यु भएको थियो । मोहम्मद मोर्सीको पनि राजधानी कायरोमा यसै वर्ष जुन महिनामा शंकास्पद मृत्यु भएको थियो । उन्का पुत्र अव्दुल्लाहले बुवाको असामहिक मृत्युलाई हत्या मान्दै धेरै ईजिप्टियन नेता, कर्मचारी र सुरक्षाअधिकारी बिरुद्धमा किटानी जाहेरी नै दिएका थिए । ईजिप्टमा होसनी मुवारकको एकतन्त्री शाषन समापन संगै सन् २०१२ को स्वतन्त्र चुनावबाट जितेका मोर्सीलाई एक वर्ष पछि सेनाले सत्ता बदल्दै पक्राउ गरेर राखेको थियो ।मोर्सी र उन्का छोरा अव्दुल्लाहको मृत्युले अहिले ईजिप्टमा एकखाले मौनता र षडयन्त्रको आशंका छाएको छ ।
मधुमेहका बिरामी मोर्सीलाई कारागारमा उपचार गर्न समेत नदिई स्वास्थमा असर गर्ने खानेकुरा र रहनसहनमा रहन बाध्य पारिएको भनी आरोप समेत राइट्स ग्रुपले लगाएको पाइन्छ । के मोर्सीको आकस्मिक मृत्यु पछि उन्का छोरा र समर्थक अव्दुल्लाहको २४ वर्षमै हृदयाघातका कारणले भएको मृत्यु पनि सामान्य हो त ?
यसविषयमा ईजिप्टमा निकै हल्लाखल्ला छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा