Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

ह्याकिङपछि नेपाल राष्ट्र बैंकले सिमित गर्यो कार्डबाट निकाल्नमिल्ने दैनिक रकम

१९ भाद्र २०७६, बिहीबार २३:३३


चिनीयाँ गिरोहद्वारा भएको एटिएम ह्याकिङको घट्नाको ४ दिन पछि 
नेपाल राष्ट्र बैंक, केन्द्रिय कार्यलय, भुक्तानी प्रणाली विभागले आज भुक्तानी सम्बन्धी कार्य गर्ने सम्बन्धित सबै संस्थाहरुका नाममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्रले पत्र जारी गर्दै अ.प्रा. निर्देशन नं. ५ संसोधन भएको बारे जानकारी सार्वजनिक गरेकोछ ।

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३ को बुँदा नं. ४० बमोजिम मिति २०७५/०३/३१, (संशोधन मिति २०७६/०२/१० समेत) मा जारी गरिएको विद्युतीय माध्यमबाट गरिने कारोबार सीमा सम्बन्धी निर्देशनको देहायमा उल्लिखित बुँदाहरुमा संशोधन गरिएकोले सोही बमोजिम गर्नु/गराउनु हुन भुक्तानी तथा फर्छ्यौट एन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ ।

दुईवटा बुँदामा जारी निर्देशन यस्तो छः
१) अ.प्रा. निर्देशन ०५/०७५ को निर्देशनको बुँदा नं. १.१ को (ङ) मा संशोधन
 डेबिट कार्ड (Debit Card) बाट न्यूनतम प्रति कारोबार रु ५००।- (अक्षरेपी पाँच सय) देखि अधिकतम रु २०,०००।- (अक्षरेपी बीस हजार) सम्म नगद झिक्न पाइनेछ । तर प्रतिदिन अधिकतम रु ६०,०००।- (अक्षरेपी साठी हजार) भन्दा बढी नगद झिक्न पाईने छैन । बैंक तथा वित्तीय संस्थाहरुले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको रकमको सीमा घटाउन यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।

२) अ.प्रा. निर्देशन ०५/०७५ को निर्देशनको बुँदा नं. १.१ को (च) (मिति २०७६/०२/१० मा संसोधित) मा संशोधन
बैंक तथा वित्तीय संस्थाहरुले Issuer र Acquirer फरक संस्था भई डेबिट कार्ड (Debit Card) बाट रकम झिक्दा एक पटकमा माथि बुँदा नं. (ङ) मा उल्लेख गरिएको प्रति कारोबार न्यूनतम रु ५००।- (अक्षरेपी पाँच सय) देखि अधिकतम रु २०,०००।- (अक्षरेपी बीस हजार) सम्म नगद झिक्न सक्ने व्यवस्था गर्नुपर्नेछ । साथै, यस प्रकारको कारोबारमा लिने सेवा शुल्क अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको