
यामाहा एमटी १५ बाइक रिभ्यू
२० भाद्र २०७६, शुक्रबार १६:००
यामाहाले भर्खरै नयाँ बाइक एमटी १५ लन्च गरेको छ, मस्ट बवेटेड बाइक भनी प्रचार गरिएको यस बाइकको प्रयोगकर्ता रिभ्यू आज लाइभमाण्डुमा ।
स्पेसिफिकेसन्स
Displacement 155 cc
Maximum Power 19.30 HP @ 10,000 rpm
Maximum Torque 14.7 Nm @ 8,500 rpm
Number of Cylinders 1
Number of Gears 6
Seat Height 810 mm
Ground Clearance 155 mm
Kerb/Wet Weight 138 kg
Fuel Tank Capacity 10 litres
Top Speed 130 kmph
सिगंल च्यानल एबिएस भएको यस बाइक नेकेड भर्सनमा उपलव्ध छ । ४० देखि ४५ प्रतिलिटर माइलेज दिने भनिएको यस बाइकमा टप स्पीड १३० किमी प्रतिघण्टा रहेको छ । बाइकको मुल्य भनें अरु यस श्रेणीका बाइकको तुलनामा धेरै रहेको पाइएको छ, यसको बजार मुल्य ४ लाख २५ हजार बताइएको छ भनें केहि तलमाथि मुल्यमा डुक, यामाहा कै आर ओन सिरिज लगायत बेनेली , होण्डाका थुप्रै बाइकहरु उपलव्ध छन् । उत्पादकका अनुसार यस बाइकमा स्लीपिगं क्लच छ जस्ले गर्दा टप स्पीडमा पनि सहजै गियर क मगर्न र ईन्जिनको धक्का कमगर्न सकिन्छ । हेर्दा यो बाइक निकै आकर्षक देखिन्छ भनें यसको तौल पनि कम भएको पाइन्छ ।
मुल्य र सुविधाका अनुसार यस बाइक दैनिक कम्यूटर सेगमेन्टको भनें नभएको प्रष्ट छ । सिट हाइट ८१० एमएम भएको यस बाइक चालक सिट र पछाडि बस्ने मान्छेको सिट भनें उति सहज नभएको प्रयोगकर्ताहरुको अनुभव रहेको पाइन्छ । बाइकको हर्न अरु बाइकको भन्दा माथि भएको र मुनी साइडलाइटको बटन भएको यस बाइस अलि छुटै भनें देखिन्छ । आरवान फाइभ भर्जन थ्रि को नै ईन्जिन यस बाइकमा प्रयोग भएको हो यद्धपी यस बाइकमा इनिसियल टर्क भनें धेरै छ । १३८ केजी तौल भएको यस बाइकको ईन्धन क्षमता भनें १० लिटर हो, यस बाइक एफ आई टेक्नोलाजीको सिस्टम हो ।
बाइकमा घरि घरि ईन्जिनको कम पावर अनि सिंगल च्यानल एबिएस डबल च्यानलको भए भन्ने विस्मात चाँही चलाँउदा यहाँहरुलाई लाग्न सक्छ । भ्याल्यू फर मनीका दृष्टिले भनें यसै सीसीका श्रेणीका अन्य बाइकहरुको तुलनामा यो बाइक महंगो लाग्नु स्वभाविक हो तथापि स्पेसिफीकेशनका कारणले मुल्य बढेको र उक्त सुविधा आफूलाई कति जरुरी छ भनेंर छान्ने जिम्मा प्रयोगकर्ताहरुको ।
लाइभमाण्डु
यस बाइकको रिभ्यूका केहि भिडियोहरु यहाँ समावेश छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग