
छिमेकी अर्थतन्त्रको अवस्था, यसबाट नेपाललाई पर्न सक्ने असर
२१ भाद्र २०७६, शनिबार १०:००
भारतले 5 बर्ष भित्र अर्थतन्त्रको आकार $ 5 Trillion बनाउने लक्ष्य लिनु संगसंगै अर्थतन्त्र झनै ओरालो लागेको छ। यो लक्ष्य प्राप्त गर्न औसतमा भारतीय अर्थतन्त्रले बर्षेनी 9% को बृद्दि हासील गर्नु पर्ने हुन्छ तर भारतीय अर्थतन्त्रको बृद्दिदर घटेर छ बर्ष कै न्युन बिन्दु 5% आईसकेको छ। हुन त बिश्व अर्थतन्त्रको बृद्दिदर पनी 2 बर्ष पहिला 3.8% रहेकोमा गत बर्ष 3.6 % रह्यो भने 2019 मा 3.2% मा झर्ने अनुमान छ। भारतीय अर्थ बिस्लेषकहरुले यस्तो मन्दिको प्रमुख कारण नोटबन्दि र हतार हतार लागु गरिएको GST हो भनेर बिस्लेषण गरिरहेका छन। समस्या संग जुध्दै गर्दा RBI ले सरकारलाई $ 25 अरब दिएको छ। लगानी र ब्यापारलाई सहायता होस भनेर RBI ले 110 basis point ब्याजदर घटाईसकेको छ। तर अर्थतन्त्र खस्किदो मोड मै छ र आउदो 2, 3 महिना अझै चुनौतीपुर्ण अनी निर्णायक हुने ठहर छ।
भारतबाट बिदेशी लगानी बिस्तारै फिर्ता जादै गरेको अबस्था छ र सरकारले यसलाई बचाईराख्न FDI मा लगाउने करका दरहरु समेत घटाएको छ तर FDI घट्ने क्रम जारी छ।
Automobile, luxury Goods, realestate र production जस्ता आठ वटा sector मा अत्याधिक मन्दि छाएको छ। Automobile ब्यापार 50% सम्म ले घटेको छ। core sector हरुको बृद्दिदर त घटेर 2.1% मा आईपुगेको छ।
Prale-G जस्तो 87 बर्ष देखि चलेको बिस्कुट फ्याक्ट्रि बन्द हुने घोषणा गरिएको छ। Maruti Suzuki ले उत्पादन बन्द गरेको छ भने भारतमा 8 वटा Core sector मा पुरै मन्दि छाएको छ। उधोगधन्दाहरु बन्द हुदा लाखौले रोजगारी गुमाउने चिन्ता एकातिर छ भने सरकारको राजश्व संकलनको लक्ष्य रु 1 trillion ले नपुग हुने प्रक्षेपण छ।
मन्दि र ब्यापारमा समस्याले गर्दा बैकहरुको NPA 9% नाघेको छ। सरकारले यसको ब्यबस्थापन गर्न थप पूजी समेत लगानी गरेर 10 वटा PSB हरुलाई एक आपसमा मर्ज गर्ने घोषणा गरिसकेको छ।
भारतीय मुद्राको अबमुल्यन बर्षकै उच्च भएर INR 72.40 प्रति USD पुगेको छ भने पूजी बजार कै हालत पनी राम्रो छैन। Sensex 800 बिन्दुले बर्षकै ठूलो बिन्दुले स्वाट्टै झर्ने स्थीतीले लगानीकर्ताहरु हतास भएको स्थीती देखिन्छ।
यसरी भारतीय अर्थतन्त्र र बिदेशी अर्थतन्त्रमा आएको मन्दिको प्रभाव नेपालमा निम्नानुसार पर्ने देखिन्छ:
1. बिश्वबजार संगै छिमेकी बजारमा उधोगधन्दाहरु बन्द हुदा लाखौले रोजगारी गुमाउछन जसमा नेपालीहरु पनी पर्दछन। एकातिर बेरोजगार भइ नेपाल फर्किने नेपालीको रोजगार ब्यबस्थापन गर्न सक्ने क्षमता नेपाल मा छैन भने अर्को तर्फ रेमिट्यान्सले धानेको अर्थतन्त्रमा धेरै ठूलो असर पर्छ।
2. भारतीय मुद्रा कमजोर हुदासाथ नेपाली मुद्रा संगै कमजोर भएको छ। यसले आयातको लागत बढेर मुद्रास्फिति झन चर्कैर जान्छ। गत बर्ष नै रु 67 अरब 40 करोड रहेको BOP deficit अझै बढेर जान्छ ( जुन BOP 2074-75 मा रु 96 अरब बचतमा थियो)। सुनको मुल्य दिनानु बढेको जस्तै अन्य आयातको मुल्य बढेर जादा अर्थतन्त्रमा नकारात्मक असर पर्छ। हाल बिदेशी मुद्रा सञ्चिती घटेर असार मसान्त 2076 मा रु 1038 अरब 92 करोड रहेको र 7.8 महिना हाराहारी आयात धान्न सक्ने अबश्थामा पुगेको छ यसैले नेपाललाई अझै गाह्रो हुन सक्छ। ।
3. हामी Visit Nepal 2020 को तयारीमा छौ। 35 लाख पर्यटक पुर्याउने लक्ष्य छ ( आ.ब. 2075-76 मा यो संख्या 12,38,597 रहेको थियो)। सोहि अनुसारको सपनामा होटेल र अरु क्षेत्रमा लगानी बढेको देखिन्छ तर कमजोर अर्थतन्त्रका कारण पर्यटकको संख्या उल्लेख्य रुपमा घट्छ। यसले गर्दा सोचेको लक्ष्य पुगाउन गाह्रो हुने देखिन्छ।
4. हामीले भर्खरै लगानी सम्मेलन गर्यो। commitment अनुसार लगानी आउदैन भन्ने सबैलाई थाहा भए पनी infrastructure र productive sector मा केहि लगानी आएर समृद्द नेपाल बन्छ भन्ने सपना देखेको हामी नेपालीलाई यो आर्थीक मन्दिले अझै निरास तुल्याउने देखिन्छ।
5. भारतीय रुपैयासंग नेपाली रुपैया को दर pegged गरिएको कारण भारतीय मुद्राको अबमूल्यन संगै नेपाली रुपैया आफै कमजोर हुने स्थीती यथावत छ भने भारतीय मुद्रा मजबुत हुदा नेपाली रुपैया बिना कारण मजबुत हुन्छ। नेपाली मुद्राको बिनिमय दर अझ भनौ भारतीय मुद्रा विनीमयदरको छांया मात्रै हो। यो अबस्थाले नेपाली रुपैयाको value पनी कमजोर भारतीय अर्थतन्त्र संगै कमजोर हुदैछ, कहि फ्याउरा र बाघले पुच्छर बाधेर हिडेको दोस्ती जस्तै नहोस। चनाखो हुनु जरुरी छ।
भारतीय अर्थतन्त्र जहा हामी आफ्नो ब्यापारको 67% हाराहारी ब्यापार गर्छो यसको अबश्था राम्रो देखिदैन भने आफ्नै देशको अबश्था पनी उत्साहजनक देखिदैन। देश संघियतामा गए संगै स्थानीय कर, प्रादेशीक कर र संघीय करका नाममा अनेकौ करहरु व्यवसायमा थपिएका छन।बैक को चर्को ब्याजदर घटेको छैन। सरकारको ब्यबसायलाई कुनै उत्प्रेरणा छैन। बैकहरुमा ब्यबायीक कर्जा लिन आउने ग्राहकहरुको संख्या उल्लेख्य रुपमा घटेको छ। हामी आयात घटाएर BOP बचत देखाउने योजना गर्छौ तर ब्यापारीहरु निरास भएर उत्पादन नै घटे BOP घाटा भएको हिसाब गर्ने बिर्सिन्छौ। यसरी ब्याबसायीक स्थीती निरासा तर्फ उन्मुख भईरहेको बेला छिमेकी अर्थतन्त्रमा समेत आएको यो मन्दिले नेपाल लाई अझै गाह्रो हुने अबश्थालाई मध्यनजर गर्दे समाधानका उपायहरुमा समय मै छलफल र योजना बनाउन जरुरी देखिन्छ
एल एन भटराई
एमआरआर
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग