
हिट्लरले दोश्रो विश्वयुद्ध जितेको भए के हुन्थ्यो ?
२२ भाद्र २०७६, आईतवार ०७:००
हिट्लर सर्वाधिक खोजिएको, पढिएको अनि सुनिएको नाममध्य एक हो, यो पुस्ता र शताव्दीमा । अदम्य साहस, क्रुरता, आदर्श अनि आर्यहरुको एकतन्त्रीय राज हुनुपर्छ भन्ने नाराका साथ हिट्लर आफ्ना नाजी सेना र उल्टो स्वस्तिक चिह्नको साथमा विश्वविरुद्ध लड्न हिँडे । चाहना थियो, विश्व विजय गर्ने । तर त्यसो भएन, हिट्लर आफ्ना क्रुरता र एकपक्षिय सोचका कारण आफ्नैहरु बिच पनि अलोकप्रीय हुँदै गए । अन्तत बिभिन्न षडयन्त्र र घटनाक्रमका बिच हिट्लरले युद्ध हारे र ईतिहास उन्को बिरुद्धमा लेखियो । शायद उन्ले जितेका भए आज ईतिहास फरक हुनेथियो । जे सुकै होस् आज हामी संभावना र ईतिहासलाई जाडेर कुरा गरौं, यदि हिट्लरले दोश्रो विश्वयुद्ध जितेका भए के हुन्थ्यो भन्ने बारे ।
हिट्लरका २ मुख्य गल्ती भए, पहिलो सोभियत संघलाई आक्रमण गर्नु र दोश्रो अमेरिका विरुद्ध युद्ध घोषणा गर्नु, यिनै दुई कारणले हिट्लरको पतन गरायो । ७ दशक अघि सकिएको दोश्रो विश्वयुद्ध मानव ईतिहासले देखेको सर्वाधिक खर्चिलो र ठूलो नरसंहार हो जस्मा विश्वका हरेक कुनाका मान्छे र सेनाहरु ध्रुविकृत थिए ।
सन् १९३९ देखि १९४५ सम्मको यस युद्धमा ८ करोड मान्छेको मृत्यु भयो । द अलाइस भर्सेज द एक्सीस पावर नाम दिइएको यस युद्धमा जर्मन र समर्थकका जर्मन, ईटाली र जापान विरुद्ध बेलायत, अमेरिका र सोभियत यूनियन खडा भएका थिए । हिट्लरको शक्तिलाई एक्सीस मानियो र अन्तत अलाइजको जितका साथ हिट्लरले सन् १९४५ मा आत्महत्या गरे र युद्ध समापन भयो भन्ने कथन छ यद्धपि हिट्लरको मृत्युको कुनै पोख्ता प्रमाण भनें पाइएको छैन ।
सन् १९३९ मा जर्मनले पोल्याडलाई आक्रमण गर्नासाथै दोश्रो विश्वयुद्ध शुरु भएको हो, हिट्लर बेलायतको झैं विश्वमा आफ्नो अधिपत्य जमाउन चाहन्थे । शायद उनले दोश्रो विश्वयुद्ध जितेका भए आज विश्वमा जर्मनको अधिपत्य हुनेथियो । यसो हुँदा शक्तिशाली जर्मनले यूरोपका मुख्यतया पश्चिमी यूरोपका धेरै देशहरु आफूमा गाभ्ने थियो र आज हामीले सुनेका धेरै यूरोपेली देशहरुको नाम अस्तित्वमा हुने थिएनन ।
यूरोपको सर्वाधिक ठूलो देश जर्मन भएर केहि सोभियत यूनियनको भाग पनि शायद जर्मनमा अधिन हुनेथियो । हिट्लरले दोश्रो विश्वयुद्ध जितेको भए शायद अमेरिका र बेलायत जर्मनसंग संझौता गर्नेथिए र जर्मनलाई आफ्नो बाटो चल्न दिने थिए । यसो हुँदा आज भएका अनेकन ठूला कम्पनी र उत्पादनहरु जर्मन स्वामित्वमा रहने थियो र अमेरिकामा पनि धेरै जर्मन वर्चस्व रहने थियो ।
हिट्लरले विश्वभरिबाट यहुदीहरु निमिट्यान्न पार्दै विश्वबाट कम्यूनिष्टहरुको पनि नाम निशान मेटाउन चाहन्थे, उन्ले विश्वयुद्ध जितेको भए शायद यस्तै केहि गरिदिने पनि थिए । प्रथम विश्वयुद्ध जर्मनले हार्नुका कारण यहुदीहरु भएको मानेर हिट्लर यहुदीसंग धेरै घृणा गर्ने बताइन्छ । यदि यिनले विश्वयुद्ध जितेका भए आज ईज्रेलको अस्तित्व नै नहुने संभावना थियो । अमेरिकन फिक्शन लेखक फिलीप के डिकले सन् १९६२ मा बैकल्पिक ईतिहासका रुपमा हिट्लरले दोश्रो विश्वयुद्ध जितेका भए के हुनेथियो भनी पुस्तक लेखेका थिए, द म्यान इन द हाई क्यासलमा जर्मनले जितेको भए विश्वको मानचित्र कस्तो हुनेथियो भनी लेखिएको छ । हिट्लरलाई जित पछि विश्वको सर्वाधिक शक्तिशाली मान्छेका रुपमा पुज्न थालिने थियो भनी यस पुस्तकले वर्णन गर्दछ, आणविक हतियार र सेनामा विश्वको सर्वाधिक अधिपत्य हिट्लरको हुने पनि पुस्तकले देखाँउदछ ।
यता चिन सहित एसिया प्यासिफिकका अधिकतम भागहरुमा जापानको अधिपत्य हुनेथियो किनभनें सानो राज्य र सिमित साधनको उपलव्धताका कारणले जापान शदियौं देखि आफ्नो सिमा बिस्तारमा केन्द्रित थियो ।
हिट्लर धुम्रपान विरोधी र जनावर अधिकारका संरक्षक थिए तसर्थ उनले जितेका भए विश्वमा शाहाकारी खानकीको प्रर्वधन गरिँदै धुम्रपान पनि धेरै प्रतिबन्ध लगाइने संभावना पनि नकार्न सकिँदैन ।
तर सत्यता त यो हो कि दोश्रो विश्वयुद्धमा एक्सीस पावरले जितेन र माथिका तथ्यहरु केहि फिक्शन र केहि अनुमान हुन् । यि तथ्यहरुका बाहिर पनि थुप्रै कारणहरु हुनसक्थे जस्ले हिट्लरको हारजीतलाई निर्धारण गर्ने क्षमता राख्नेथिए तसर्थ ईतिहासको बिकल्प यसै कल्पना गर्न सकिन्न ।
बिभिन्न पुस्तक, ईतिहास खण्ड र बेवसाइट अध्ययनका आधारमा
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा