“मेरो आधा काठ्माण्डौ किन्ने सपना”: देवेस राज भट्टराई


अब थोरै गितार नबजाइ के सुरु गर्ने, ठुलो कुरा छ के यो, एकै छिन् ल !

देवेस केही बेर गितार बजाउन थाल्नुहुन्छ….

तीन दिन देखी घुमी राखेकोछु, हेर्नुस । अब बिहान सबेरै उठ्यो, उठेर पूर्व जानेकि, पश्चिम जाने भन्ने चिन्ता परlरहन्छ । तर सधैँ जसो दक्षिण जान्छु, के ! दक्षिण जाँदाखेरीको अस्तीको कुरा, तपाइ सुन्नुस ल । अब, अलि पर त्यो हाम्रो पहिलेको खेतको आलीमा उम्रेको बाटो माथी चढेर हिँडदाखेरी तपाइको दक्षिण तिर खोइ हातैले छुँला जस्तो निलो बादल देख्छु, बा !

त्यो बाद्ल virtually मैले चियाएर हेर्नुपर्‍यो, दुइ तीन वटा घरको बिचबिच बाट कुना काप्चाबाट चियाएर हेरेँ । अब फेरी कहिले घरले छेक्ने, कहिले अब परखालले छेक्ने, यही त हो काठ्माण्डौमा, अनि त्यसपछी फेरी पूर्वतिर हानियो ।

सिनामङल पुगियो । त्यहाँ गए पछी चाहिँ अलि अलि एक दुइ ठाउँ चाहिँ त्यो खाली जग्गा कस्ले छोडेको हो, छोड्या भन्दा पनि अब घर नबनाको ठाउँ देखियो ।

अलि प्रस्ट बादल्, पूर्व तिर जाँदा अली चौँडा सड्क बाट धेरै आकास देखिने बादल देखिने रैछ । अनि फेरी उत्तरतिर लाग्दा चियाई चियाई बल्ल पाहाड देखिएला कि, देखिएला कि भनेर कहिले देखिने, कहिले छोपिने, अब लुकामारी खेल्दा खेल्दै आज चाहिँ प्रस्ट काठ्माण्डौँ हेर्छु भनेर अगाडी हिंडियो ।

अब त्यो सिनामङलबाट उत्तरतिर बत्तिसपुतली हुँदै राम मन्दिर पुगेर त्यहाँबाट काठमाडौं हेर्छु… आधा काठमाडौं हेर्छु भनेर पुगेको, के देखिनु । अब त्यहाँ सानु एउटा पार्क नै थियो नि केही समय अघि राम मन्दिरको, बत्तिसपुतली को राम मन्दिर । तपाईं यदी त्यहाँ पुग्नु भाको छैन भने, अलि कती चढेर उक्लिनु पर्छ थोरै, उक्लेर मन्दिर घुमेर्, तपाई पश्चिमपट्टी त्यहाँ एउटा सानु पार्क जस्तो थियो अब त त्यहाँ त्यो पार्क छैन बा ! त्यहाँ त मन्दिर उम्रीन लागेको रैछ ।

मन्दिर के कारण ले पुरा नभाको हो… मन्दिरको जग मात्रै देखेँ । यसो पश्चिमतिर हेर्दा केहि देखिन् । काठ्माडौँ ढाय्याप्पै छेकिई सकेको रैछ, त्यहाँ पनि । अनि फेरी ओर्लेर्, पूर्वतिरबाट हेर्दा भने बल्ल अली धेरै देखियो है । मेरो सुर त हो नि त्यसपछी, के गर्ने । अनि गइँ फेरि कोटेस्वरै पुगें, कोटेस्वर पारी त्यहाँ ढुङ्गा बेच्छ । थाहा छ तपाइँलाई ढुङ्गा, ठुलो ठुलो ढुङ्गा पाईन्छ त्यहाँ ।

बाह्र वटा ढुङा किनेको छु अहिले… बाह्र, तेह्र वटै नै किनेको छु । त्यो किनेर मैले “ल सबै ढुङ्गामा चाहिँ साँडे बनाइदिनु” भनेको छु । अब ठुलो सपनै बोकेर हिँडे पछी त बडेमानको साँढे बाह्र पन्ध्र वटै… । पहिला पहिला मेरो घर नजिकैको चौर पनि कसैको जग्गा थियो, वहाँले चाहिँ जग्गा छोड्दा खेरि नुन छर्केर साँडे राख्नु भाको रैछ । अनि मैले सोँचे, अब काठ्माण्डौको हरियालि, काठ्माण्डौको रुख्, काठ्माण्डौको सडक्, काठ्माण्डौका घर, सौन्दर्यता, प्रकृति जुन त्यो एउटा बनावट थियो, जुन किसिमको संरचना थियो, खेत थियो, पहाड थियो, साना साना घर थिए, मन्दिरहरु थिए, जुन एउटा वातावरण थियो, सबैको बारेमा मैले धेरै पटक सुनीरहन्छु, अनि म भन्छु ।

अनी बारह्वटा साँढे पनि ल्याउँछु हेर्नुस्… किनीसकिँ, बनाउन दिएको छु । अनि मैले तीन चार जनालाई लगाइ पनि सकेँ त्यो बनाउन । मेरो प्लान चहिँ के भने, अब म त्यो गौशाला यो चाहिँ ज्ञानेस्वरको त्यो बाटोदेखी दक्षिण्, चाइनिज रोड देखी उत्तर्, कोटेस्वर यो एयरपोर्टको पारिको सडक देखिको पश्चिम र पुतलिसडक देखिको पूर्वतिरको जग्गा । खोइ अब कती रोपनि? ए बा, कती रोपनी हुन्छ, होला त्यो एक लाख रोपनी जती हुन्छ कि, त्यो जग्गा चाहिँ अब अहिले मेरो नाम गर्ने भए । किन्नी सोँचेको छु, अब सपना त देख्न त पाइन्छ नि । किन्नलाई अब पैसा जम्मा गर्दै छु, त्यती ठुलो ठाउँ काठ्माण्डौको खुला भएपछी, झन अब मेरो घर पनि त्यसैमा छ ।

अब चट्ट किन्यो,बारह्वटा साँढे कता कता गाड्ने भनेर पण्डितजीलाई पनि बोलाईसँके । किन भने हामी जैले फेल भाको किन हो थाहा छ्, प्लान नभएर । मैले त प्लान गरीसकेँ, अब सिमांकन गर्देछु । सम्पुर्ण जग्गा एकलौटी किनेर्, त्यसमा बिसवटा साँढे गाडेपछि… अनि नुन छर्की दिने । त्यती भएपछी तपाईंले काठमाण्डौमा हरियाली भन्ने कुरा जहिले पनि देख्न पाउनुहुनेछ । अब मेरो ठूलीआमा अमेरिका गाको बेलामा कहिँ, कतै पर्खाल नै देख्नु भएन छ । नेपालमा जे देखे पनि सबभन्दा पहिला पर्खाल्, पर्खाल पछी घर रुखहरु त सिद्धी सके । अब मैले यो काठमाण्डौको चाहिँ हरियाली संरक्षण गर्ने हो भने अब सरकारलाई जग्गा किन ठाउँ ठाउँमा पार्क बनाउँ भनेर भन्दै आएको छु मैले बेला बेलामा यो मीटिँग सिटिँगमा । मैले मौका पायो भने अब यो पर्ती जग्गाको पछाडी नलागी सरकारले जग्गा किन्नु पर्‍यो भन्छु । कत्तीचोटी भने किन्दैनन्…. अब मैले बिचार गरेँ… म त किन्दिन्छु लु जा, पैसा कहिले आउँछ्, त्यो आफ्नो ठाउँमा छ, सोच्न त सकिन्छ नि त । मैले सोचेँर के गल्ती गरेँ? काठमाण्डौलाई खुल्ला बनाउनका लागि सरकारले गरेन भने मैले नै गर्दिन्छु । ड्याम्मै किनिदिनी हो अनि हरियाली काठमाण्डौमा तपाईंलाई अनि बहार… यो डाडाँ कत्ती नजिक आउँछ त्यसपछि हेर्दैजानुस्, पुरानो फोटो हेर्दाखेरी जत्ती रमाइलो हुन्छ् नी हो त्यस्तै हुन्छ है फेरी काठ्माण्डौ ।

देवेसका औंलाहरु पुनः गितारका तारहरुसंग झुल्न थाल्छन…

यो कुरा सिद्याउँदा एउटा कुरा याद आयो । मैले गुरु नै मान्छुपर्छ लक्ष्मीप्रसाद देवकोटालाई… वहाँले एउटा कुरो भन्नुभाको थियो, “उदेश्य के लिनु, उडि छुनु चन्द्र एक” । वहाँले त्यत्रो ठूलो उद्देश्य राखेर कविता भन्नु भयो, मैले त के राखेको छु र ? चन्द्रमालाई मैले हातले त छुन सक्दिन, आफूले हिँडेर भ्याउने जग्गा त किन्न सक्छु होला नि है! ल है मलाई सहयोग गर्नुस्, जय शम्भो !

भिडियोमा यही सामाग्री देवेसकै आवाजमा हेर्नुहोस्ः

लेखक देवेस राज भट्टराई नेपाली समाजका एक उम्दा आर्कीटेक्ट हुनुहुन्छ । भट्टराईले “सोसाईटी अफ नेप्लिज आर्किटेक्ट्स”मा पूर्व जनरल सेक्रेटरी पदमा रही सेवा गरीसक्नु भएको छ । 

नोटः लाईभमाण्डूका लागि तयार पारिएको यो सामाग्री लेखक देवेस राज भट्टराईको © कपीराईट अन्तर्गत राखिएको छ । अनुमति वेगैर कहीं कतै प्रयोग गर्न पाईनेछैन ।


Loading comments...