Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

तपाईँपनि बुद्ध बन्न सक्नुहुनेछ

२४ भाद्र २०७६, मंगलवार ०७:००


अंग्रेजीमा एउटा शव्द छ, अवेकनिगं अर्थात जागरण । कन्सियसनेश, माइन्डफुलनेस लगायत बिभिन्न शव्दहरु प्रयोग गरेर यस बुद्धत्वलाई ब्याख्या गरिएको पाइन्छ । सामान्यरुपमा अवेकनिगलाई सुतेको अवस्थाबाट जाग्नु भन्ने बुझिन्छ तर जब यो अर्थ बुद्धत्वको र अध्यात्मको निकट आँउदछ तब तब यस शव्दको अर्थ झनै फराकिलो र उज्यालो हुँदै जान्छ ।

मानव चोला र अनुभव आकारको हरेक कुरालाई जागृत भएर अनुभव गर्नु र भित्रबाट आफूमा भएको तत्वको प्रशंसा र आफूहुनुप्रति गर्व गर्नुलाई यस कुरासंग सामान्य रुपमा जोड्न सकिन्छ । आधूनिक यूगमा मान्छेले आफ्नो शरीरका हरेक चोट र कमीहरु त देखेको होला तर आत्मा, सोच र बिचारको बिकृति र चोटहरु भनें चाहेर पनि देख्न सकिरहेको छैन ।

अवेकनिग यस्तो परिस्थिती हो जब बुद्धको जन्म भएको थियो, जहाँ बुद्धको जन्म भएको छ र बुद्धको जन्म हुनेछ । यहाँ हामी २५०० वर्ष पुरानो एउटा बुद्धको मात्र कुरा नगरौं बरु हामी सबैजना भित्र भएको बुद्धत्वको कुरा गरौं, बुद्धलाई अहिले नाम भन्दा पनि पर राखेर बिशेषण या गुणको रुपमा ब्याख्या गर्न चाहन्छौं ।

अवेकनिग बाहीरी ज्ञानको कुरा नभई आफूभित्रको चेतना र ज्ञानको कुरा हो, हाम्रा चेतना, ज्ञान र बिवेक हामी भित्रै निकै गहिराईमा हराएका र सुतिरहेका छन्, शायद यी कुराहरुको जागरण नै बुद्धत्वको अवेकनिग हो ।
हरेक मान्छे बुद्धत्व बुझ्न सक्ने र बुद्ध भएर बाँच्न, हाँस्न सक्ने क्षमताका साथ यस संसारमा आएको छ । हामी तर्क बितर्क अनि कुतर्कका दास त भएका छैनौं ? यस अकंगणितिय जिवन बाहिरको उज्यालो जागरण अनि सकल स्वीकारोक्तिलाई बुद्धत्वका रुपमा हामी किन ग्रहण गर्न सकिरहेका छैनौं ?

अव्जेक्ट र सव्जेक्टको सुत्रमा हामी आफैंभित्रका ज्ञानलाई जागरण गराएर एक हुन सकिरहेका किन छैनौं त ?
अनि हामी बुद्धत्व र जागरणलाई ठूला ठूला ब्राण्डका शव्दहरु दिँदै दिवास्वप्न बनाइरहेका छौं । निर्वाणा आँफैभित्रको स्वीकारोक्ति र अवेकनिगको एउटा प्रतिक हो, संभावना को घोतक हो । चेतनाको गगन ठूलो छ र चेतनाका अवयवहरु केलाउन थाल्ने हो भनें हामी जन्मजन्मान्तर त्यसै गगनमा अतृप्त रहन सक्दछौं । हामी आफूभित्रको चेतनालाई अनुभव र जागृत गर्दै आफूले गरेका हरेक क्रियाकलापमा पूर्ण अनुभव, चेतना र अवेकनिगको प्रयोग गर्न सक्षम हुनु नै बुद्धत्वको एउटा पाटो अभ्यास गर्नु हो ।

आत्महत्याको दर बढ्दो छ, सबैजनालाई आफ्नो जिवन अत्यन्त पीडादायी लाग्दछ किनभनें हामी प्यालीगं, कार्यान्वयन, इभ्यालुएशन र कम्पीटिशनको म्याट्रिक्समा हरेक कुरा अनि कदमलाई तौलीरहेका छौं । अझ सजिलो बनाँउछु कि हामी आत्मालाई छेउ लगाँउदै दिमागले सोचिरहेका छौं । दिमाग अस्थिर र चलायमान कुरा हो, यस्ले केवल चाहनालाई मात्र सम्वोधन गर्दछ । कथा उपनिषदमा लेखिएको छ कि हाम्रो स्वयम चेतना अति सुक्ष्म छ, जो मान्छे चाहनाको सिमाभन्दा बाहिर आएर विश्वलाई नियाल्न सक्दछ उ सर्वाधिक खुशी र आफूसंग सर्वाधिक निकट मान्छे हो, उस्मा सिद्धि हुनेछ ।

ओशोले पनि हामी सबै कुनै पनि बेला बुद्ध हुनसक्ने संभावनाका साथ जन्म भएका छौं भनेका छन् तर भविष्यको चिन्ता र दिमागको अस्थिरताले हामीलाई बुद्धत्वबाट पर लगिरहेको छ ।
कविर भन्दछन् कि अतम अनुभव सेज सख तहा ना दुजा जाए अर्थात हामीले आफूलाई चिन्न केहि कसरत गर्न जरुरी छ, भित्रि अनुभव नै भगजानतत्व प्राप्तिको बिऊ हो ।
सबैजनामा बुद्धत्वको केहि अशं छ, लौ न बिचार गरौं । जिवनलाई एकफेर नयाँ आयामले सोच्ने बानी बसालौं ।

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा