
NIC ASIA को नयाँ शाखा रुपन्देहीको देवीनगरमा
६ मंसिर २०७५, बिहीबार २१:१८
सन २०१३ मा उत्कृष्ट बैंक अवार्ड प्राप्त गर्न सफल यस एन आइ सी एसिया बैंकले ग्राहकहरुको सुविधालाइ मध्ये नजर गर्दै थप एक नयाँ शाखाबाट सुविधा प्रदान गर्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं-११, रुपन्देही स्थित देवीनगर शाखाको एन आई सी एशिया बैंक प्रदेश नं. ५ का प्रादेशिक कार्यालय प्रमुख श्री जयन्द्र रावलज्यूबाट मिति २०७५ मंसिर ६ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भएको छ ।
हाल सम्म मुलुकभर २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग कार्यलय मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंक विगत २१ बर्ष देखि नियमित रुपमा नेपाली जनताहरुलाइ सुविधा प्रदान गर्दै आइरहेको छ । करिव १३ लाख ५० हजार नियमित ग्राहक भएको यस वैंक आधुनिक बैंकिङ्ग सुबिधा प्रदान गर्न अग्र स्थानमा रहेको छ । यस वैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग