Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

लण्डनका मेयर सादिक खान

२४ भाद्र २०७६, मंगलवार १०:००


१८ औं अनि १९ औं शताव्दीमा कहिले घाम नअस्ताउने बेलायत साम्राज्यको शक्ति केन्द्र लण्डन कुनै जमानामा उपनिवेश देशहरुका वासिन्दाका लागि एउटा दिवास्पन झैं थियो । अहिले त्यसै लण्डन शहरमा चुनिएका छन् एकजना मेयर, सादिक खान । सादिक खान केहि वर्ष अघि लण्डनका मेयरका रुपमा चुनिएका हुन्, उन्का काम र निर्णयले उनीलाई थप चर्चित बनाइरहेको छ । विश्वभरिका हतियार कम्पनीहरुले लण्डनमा सर्वाधिक ठूलो हतियार मेला आयोजना गर्दछन् तर यस वर्ष भनें मेयरले उक्त मेलालाई लण्डनमा आयोजना हुन रोकिदिएका छन् । मेयरले आफूले एउटा आधिकारिक पत्र लेखेर रक्षा अता रक्षा सामाग्री मन्त्रालयमा पठाएका हुन् ।

यस हतियार मेलाको बिरुद्धमा लण्डनवासीले बिरोध कार्यक्रम र र्यालीहरु पनि निकालेका थिए, मेयरले यि सबै प्रदर्शन र जनभावना बुझ्दै हतियार मेला आयोजना नगर्न निर्णय गर्नुपर्ने बताएका छन् । अमेरिका, बेलायत र यूएईको उक्त मेलामा बिशेष पभिलियन रहने बताइएको थियो, यूएई र साउदीले यमनको हाउथी बिद्रोही गरेका श्रखलागत आक्रमणमा ९१ हजारको मृत्यु भएको छ । उक्त हतियार साँठगाँठलाई संयुक्त राष्ट्र संघले विश्वकै सर्वाधिक ठूलो ह्यूम्यानिटेरियन क्राइसिस मानेको छ । फेरि यूएई र साउदीले नै सन् २०१५ देखि बेलायतसंग हतियारको ६ दशमलव २ बिलियन अमेरिकन डलरको लाइसेन्स पनि लिएका हुन् । यमन लगायत मध्यपूर्व अनि अफ्रिकाका धेरै देशहरुमा भएको युद्ध र बिद्रोहमा पूर्ति हुने हतियार बेलायती प्रविधि अन्तर्गत बेलायतको लाइसेन्सड हतियार हुने बताइन्छ । हतियारको यस ब्यापारमा हतियार मेलाको प्रभावकारितालाई लण्डनका मेयरले रक्तपातपूर्ण र जनभावना बिपरित देखेका हुन् ।
लेवर पार्टीका सादिख खान सन् २०१६ बाट शहरका मेयर हुन् । उनी लेवर पार्टीका सदस्य हुन् र सामाजिक डेमोक्र्याटका रुपमा यिनलाई चिनिन्छ ।  उनी बेलायती पाकिस्तानी परिवारका हुन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,