
गुगलले मनायो पाकिस्तानी आमाको जन्मदिन
२४ भाद्र २०७६, मंगलवार ११:१३
रुथ क्याथरिना मार्था फाउ, पाकिस्तानकी मदर टेरेसाका रुपमा विश्वमा चर्चित छिन् । जर्मनमा जन्म भएकी यिनी पाकिस्तानमा असाहय र अनाथहरुको सेवामा तल्लिन छिन् । पाकिस्तानकी आमा र पाकिस्तानकी मदर टेरेसाका रुपमा चिनिने यिनको जन्मदिन गुगलले डुडल गरेर बिशेष सम्मानका साथ गत सोमबार अक्टोबर ९ तारिखका दिन मनाएको छ ।
सन् १९६० मा केवल २९ वर्षको उमेरमा यिनले जर्मन छाडेर पाकिस्तान आएकी हुन् । पाकिस्तानका असहाय, अनाथ, रोगी र मुख्यतया कुष्ठरोग पिडितका लागि मार्थाको सहयोगी हातहरु सबदैव खुल्ला रहेको छ । १५० भन्दा धेरै क्लीनीक खोलेर ५७ हजार बढि पाकिस्तानी बिरामीलाई उपचार गरिसकेकी यि ननको निस्वार्थ सेवाका लागि विश्वभर तारिफ र अनुसरण गरिन्छ ।
रोमन क्याथोलीक यि ननले सिमावर्ति भारतका कतिपय क्षेत्रमा पनि क्लीनीक सञ्चालन गर्दछिन् । सन् १९९६ मा बिश्व स्वास्थ संगठनले पाकिस्तानलाई कुष्ठरोग नियन्त्रणमा भएको देश भनी घोषणा गर्दा सर्वाधिक श्रेय यिनै सेविका आमाले पाएकी थिइन् । सन् २०१७ मा श्वासप्रश्वाँस समबन्धी रोगका कारण ८७ वर्षको उमेरमा अस्पताल भर्ना भएकी यि पाकिस्तानी आमाले जिवनरक्षार्थ चाहिने उपकरण लगाउन नमानेपछि दक्षिणपूर्वि पाकिस्तानी शहर कराँचीमा यिनको एउटा अस्पतालमा मृत्यु भएको थियो । यिनको अन्तेष्टि सरकाले बिशिष्ट तवरले सम्मान गर्दै गरेको थियो ।
गुगलले यस वर्षको उन्को जन्मजयन्तीमा डुडल गरि आफ्ना सबैप्रयोगकर्तालाई यिनको संझना गराँउदै मनाएको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,