
श्रीलंकन क्रिकेट टोली पाकिस्तान नआउनुमा भारतलाई आरोप
२४ भाद्र २०७६, मंगलवार २०:३५
पाकिस्तानका विज्ञान तथा प्रविधी मन्त्री फवाद हुसेनले भारतको चन्द्रयान २ को असफलतामाथिको टिप्पणीपछि अहिले सेप्टेम्बर २७ मा कराँचीमा हुने भनिएको पाकिस्तान र श्रीलंकाबिचको क्रिकेट म्याचलाई श्रीलंकाली टोलीले बोइकट गर्नुमा भारतलाई ठाडो आरोप लगाएका छन् ।
Informed sports commentators told me that India threatened SL players that they ll be ousted from IPL if they don’t refuse Pak visit, this is really cheap tactic, jingoism from sports to space is something we must condemn, really cheap on the part of Indian sports authorities
— Ch Fawad Hussain (@fawadchaudhry) September 10, 2019
भारतले श्रीलंकाली टोलीलाई पाकिस्तान खेल्न गएमा आइपीएलवाट खेलाडीलाई निकाल्दिने धम्की दिएको पाकिस्तानी मन्त्रीको आरोप छ । स्पेशदेखि स्पोर्टस सम्मको जिन्गोइज्मको भत्सर्ना गर्दछु भनी तथा प्रविधी मन्त्री हुसेन चौधरीको भारतलाई आरोप छ । श्रीलंकन क्रिकेट वोर्डले आफ्ना खेलाडीलाई खेल खेल्न देश बाहिर जाने अधिकार त दिएको छ तर भारत पक्षको धम्की कारण मालिङ्गा लगायतका सिनियर खेलाडीले नखेल्ने निर्णय लिएको पाकिस्तानी पक्षको आरोप छ ।
सेप्टेम्बर २७, २९ र अक्टोबर ३ मा कराँचीमा ओन डे सिरिज तय गरिएको थियो । यसका साथै लाहोरमा अक्टोबर ५, ७ र ९ मा केहि टी २० सिरिज पनि खेलिने तय भएको थियो । तर हालै श्रीलंकाली टोलीले पाकिस्तान भ्रमण बिनाकुनै ठोस कारण रद्द गरिदिएको छ ।
—
लाइभमाण्डौ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको