
नेपालका फोटो संगालेको डिजिटल डोको
२४ भाद्र २०७६, मंगलवार २१:०१
फोटो नेपाल गत ४ वर्षदेखि नेपाल पर्यटन वोर्डले आयोजनागर्ने फोटो प्रदर्शनी हो, यस प्रदर्शनीमा बिभिन्न ठाँउ बिशेष, संस्कृति र समुदाय बिशेष अनि देश बिशेषबाट आएका बिदेशी पाहुनाका क्यामराको लेन्समा कैद भएका फोटाहरु प्रदर्शनीमा राखिन्थे ।
फोटोले नेपाल झल्काउने यी प्रर्दशनीमा अनेकन पटक स्वदेशी बिदेशी फोटोग्राफरका तस्वीर र ति तस्विरका कथाहरु झल्काइएका थिए । कहिले चीनीयाँ त कहिले बेल्जियन, कहिले भक्तपुर त कहिले मुस्तागंका अनेकन फोटा र कथाहरुलाई फोटो नेपालले लिएर आएको थियो । अहिले आएर नेपाल झल्काउने फोटाहरु अनि नेपालको फोटो खिच्ने बिदेशी तथा स्वदेशी फोटोग्राफरहरुलाई एउटा डिजीटल थलोका रुपमा फोटो नेपाललाई ल्याइएको छ । फोटोनेपाल डट ट्राभलमा http://photonepal.travel/ मा गएर कुनै पनि फोटोग्राफरले आफ्नो प्रोफाईल रजिस्टर गरेर निशुल्क या कपीराइट कसरी फोटो अपलोड गर्ने र के को फोटो भन्ने बिवरण खुलाएर विश्व समक्ष आफ्नो फोटो पस्कन सक्ने भएको छ । यसो गर्दा अन्य कसैलाई नेपालको यात्रा, संस्कृति, संस्कार, चाडवाड लगायतका फोटोहरु चाहिएमा फोटो नेपाल मार्फत ति फोटोहरु खोज्न र फोटोग्राफरसंग समबन्ध राख्न सकिने भएको छ ।
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपको भवनमा आज एक समारोहका बिच संस्कृति तथा पर्यटन मन्त्रीले यस डिजिटल फोटोको डोकोको शुभारम्भ गर्नुभएको थियो ।
नेपाल संग सम्बनधीत हरेक खाले फोटो र फोटोग्राफरको साझा थलोमा नेपाल संग समबन्धीत हरेक फोटोग्राफरलाई आफूलाई रजिष्टर गर्न र फोटो चाहने हरेकलाई त्यहाँवाट फोटो खोज्दै नेपालको बास्तविक झझल्को दिने तस्वीरहरु प्राप्त गर्न या अपलोड गर्न नेपाल पर्यटन वोर्डले आव्हान पनि गरेको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा