Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

ज्यूँदो मानिसको पहिलो सिक्का

२४ भाद्र २०७६, मंगलवार २१:३७


काठमाण्डौ, २४ भदौ २०७६ । वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीको मुहार अङ्कित चाँदीका सिक्का रू. २५००।-, रू. १०००।- र धातुको सिक्का रू. १००।- नेपाल राष्ट्र बैंकबाट आज प्रकाशनमा आएको छ ।

नेपालको इतिहासमा ज्यूँदो मानिसका नाउँमा सिक्का प्रकाशनमा आएको यो पहिलो मानिन्छ ।

स्मरण रहोस्, त्रिमूर्ति निकेतन र नइ प्रकाशनको सिफारिस, पहल र सक्रियतामा नेपाल सरकारले २०७४ साल वैशाख २१ गते डा. सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गरेको हो ।

बिचमा शताब्दि पुरुष डा. सत्यमोहन जोशी, दाहिनेतर्फ जीवनीकार, गीतकार नरेन्द्रराज प्रसाई तथा देब्रेतर्फ कवियत्री इन्दिरा प्रसाई

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदले वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गरेको थियो । यस कार्यको सफलताका लागि तत्कालीन उपप्रधानमन्त्री कमल थापा र संस्कृति मन्त्री दिलनाथ गिरीको विशेष भूमिका जोडिएको थियो ।

१५ वर्षअघि नरेन्द्रराज प्रसाईद्वारा शताब्दी पुरूषको परिकल्पना गरिएको थियो । त्यसपछि नइको संयोजनमा त्रिमूर्ति निकेतनले २०७१ साल मङ्सिर १५ गते पाँच लाख रूपियाँ राशिसहित डा. जोशीलाई “शताब्दी पुरूष” को महासम्मान समर्पण गरेको थियो ।

तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमको प्रमुख आतिथ्यमा सम्पन्न सोही समारोहमा शताब्दी पुरूष डा.जोशीलाई सप्तनाग जडित उहाँकै उचाईको ताम्रपत्र समर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले

हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो

काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन