Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

लघुकथाः बालबोली

२५ भाद्र २०७६, बुधबार १०:५९


म अन्तिम पिरियडमा ४ कक्षामा थिएँ । मेरो स्वास्थ अलि ठिक थिएन। दाँतको समस्याले गाला भुक्क सुनिएको थियो । बोल्न सक्ने अवस्थामा थिइन् । मैले विद्यार्थीलाई आफै पढ्न आग्रह गरेँ ।
सबैले मन लगाएर पढिरहेका थिए।तर ती मध्ये एक छात्रले पढ्नै छोडेर पटकपटक मलाई कारुणिक नजरले हेर्यो । ऊ हाम्रै बिद्यालयको अमृता म्यामको छोरा थियो।
मलाई अचम्म लाग्यो र सोधेँ । `बाबु के भयो तिमीलाई ?´
उसले भन्यो। `म्याम ,हजूरको श्रीमानले रक्सी खाएर पिट्नु हुन्छ ?´
`किन र बाबु ?´
`नत्र गाला कसरी सुनियो त ?´
`बाबु,मेरो दाँत दुखेको छ।´
ऊ मधुर स्वरमा बोल्यो।
`हजुरले पनि मेरो मम्मीले झैं ढाट्नुहुँदो रहेछ ।´
  – गङ्गा आचार्य

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै