राजा त्रिभुवनका अनौठा शोखहरु


भारतमा बेलायती शासकहरुको राजधानी दिल्ली हुनुअगावै तात्कालिन कलकत्ता र अहिलेको कोलकाता राष्ट्रिय शासनको केन्द्रविन्दु र राजधानी झैं थियो । उतिखेर सानो यूरोपका रुपमा कलकत्ता निकै राम्रो, ठाँट भएको शहर थियो । नेपाली सभ्रान्तवर्गका लागि कलकत्ता एउटा यूरोपको प्रतिबिम्ब थियो र उतिबेलादेखि नै जङ्गबहादुर लगायत अन्य राणा भाइभारदारहरुको युरोप भ्रमणको किस्सा नेपालभरि फैलिएको थियो । यसै कुराले पनि राजा त्रिभुवन युरोप जान चाहन्थे र युरोपका बिकास र स्वतन्त्रता अनि प्रजातन्त्रका आधारहरु हेर्न चाहन्थे, शायद ! तर राणाहरुले धार्मिक कारणले राजालाई विदेश जान नदिई सुनको पिँजडामा राखेको सुँगा झैै नेपालमा राखेका थिए ।

राजा त्रिभुवनको शैक्षिक सामाग्री स्वंयम चन्द्रशमशेरले तयार गरेको थिए, चन्द्र शम्शेरले कथाका किताब, प्रेमकथा, पाकशास्त्र र फ्रिक्शन पुस्तकहरुमात्र राजाको अध्ययन सामाग्रीका रुपमा राखेका थिए । यद्धपि राजाका मास्टर तुलसीमानले भुगोल, राजनैतिक शिक्षा तथा ईतिहास पनि राजालाई पढाए । पछि प्रधानमन्त्रीले राजालाई क्रान्तिकारी शिक्षा पढाएको आरोप लगाएपछि मास्टर तुलसीमानले आफू बहूला भएको नाटक गरेर सम्भावित सजायबाट जोगिएको कुरा बालकृष्ण समको आत्मवृतान्तमा उल्लेख छ ।

पछि राजा त्रिभुवनले तात्कालिन प्रधानमन्त्री जुद्धशम्सेरको सम्धि बन्न कबूल गरेपछि उन्लाई कलकत्ता जान दिइयो र त्यो पनि विशेष निगरानीमा । जुद्धशम्सेरले सत्ता छाड्न लागेका थिए, कलकत्तामा मदिरा पिउन र नाच्न प्रतिबन्द लगाएर एलिटहरुको नामी नाइटक्लब “क्लब ३००” मा राजा  त्रिभुवनलाई प्रवेश गराइयो । यो क्लब रुसी नागरीकले चलाएका थिए । यसरी राणाहरुको सुराकी र निगरानीको बावजुद राजा त्रिभुवनले कलकत्तामा रहेका देश निकाला भएका र तेश्रो दर्जाका राणा परिवारमा पर्ने सुवर्णशम्सेर र महाविरशम्सेरसंग छोटो भेट गरेका थिए ।

यो भेटघाट राणा विरोधी राणाहरु र राणा विरोधी आन्दोलनका लागि निकै फलदायी भएको थियो भनी एरिका नामक लेखिकाले आफ्नो पुस्तक  ‘त्रिभुवन फ्यामीली विथ एरिका’मा लेखेकी छिन् । अर्को किस्समा राजा त्रिभुवनले कलकत्ता जाँदा सुटकेसमा ढुङ्गा हालेर लगेको र फर्केर आउँदा तिनका पुस्तक ल्याएको प्रसंग पनि छ ।

राणा शासनको अन्त्यपछि पनि बिभिन्न बहानामा राजा त्रिभुवन कलकत्ता पुगिरहन्थे, राजाको अनौपचारीक भारत भ्रमण र मेडियोक्रे लाइफका विषयमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले समेत असन्तुष्टि व्यक्त गरेका थिए ।

खासमा भारत पनि नेपाली राजाको बाहिरी दुनियाँसंग खासै सम्पर्क नहोस् भन्ने चाहन्थ्यो जुन राणाहरुले पहिले चाहेका थिए । यद्धपि किन राजा त्रिभुवनको सामान्य र अनौपचारीक भ्रमणबारे तत्कालिन भारतीय राजदुत सीपीएन सिंह र प्रधानमन्त्री नेहरुले नै टिप्पणी गरे भन्ने विषयमा ठोस कारण भने भेटिँदैन ।

यि कुराहरु स्वयम विशेश्वर प्रसाद कोइरालाले आफ्नो आत्मवृतान्तमा पनि लेखेका छन् । शायद अहिलेको बङ्गलादेश अर्थात पूर्वी पाकिस्तान भनिने ठाँउसंग सिमा जोडिएको कोलकातामा राजा बारम्बार गइरहँदा भारतले आफूलाई असुरक्षित हुने स्थान पाएको पनि हुनसक्दछ । भारत राजा त्रिभुवनलाई पश्चिमा प्रभावबाट पनि शायद जोगाउन चाहन्थे ।

बिसं १९९७ को शहिद काण्डपछि जुद्धशम्सेरले गोर्खामा राजा त्रिभुवनलाई नजरबन्दमा राख्दै छोरा महेन्द्रलाई राजा बनाउने सोच गरेका थिए, राजा त्रिभुवन यतिबेला देखि नै जुद्ध शम्शेर र आफ्ना छोरा महेन्द्र दुबै संग सतर्क थिए । सिंहदरवार कव्जा गर्दा के आई सिंहलाई महेन्द्रले सहयोग गरेका थिए भन्ने चर्चा पनि त्यसवखत निकै चलेको थियो ।

राजकुमार महेन्द्रले जुद्धशम्शेरकी नातिनी रत्न राज्यलक्ष्मीसंग प्रेम बिवाह गर्ने निर्णय पनि त्रिभुवनलाई खासै मनपरेको थिएन, उतिबेला राजा त्रिभुवन र राजकुमार महेन्द्रबिच तिब्र बेमेल थियो भनी धेरै ठाँउमा उल्लेख भएको पाइयो । खासमा जुद्धशम्सेरले निकै पटक भरिएको सभामा नै राजा त्रिभुवनलाई हप्काएका थिए अनि फेरि त्रिभुवनले आफ्ना २ छोराहरुको बिवाह जुद्धका नातिनीसंग गराइदिएका थिए तर फेरि महेन्द्रले पनि जुद्धकै नातिनीसंग गर्न चाहेको प्रेम बिवाहसंग राजा त्रिभुवन खुशी थिएनन ।

छोराको बिहे बहिष्कार गर्न पनि राजा त्रिभुवन कलकत्ता गएर नेपाली कन्सुलेटमा सामान्य नागरीकका हैसियतमा गएर बसे । नेहरुले मातृका प्रसाद कोइरालालाई एकै दुई दिनमा राजाको भारत बेमौसमी भ्रमणको विषयमा दुईवटा पत्र लेखेका थिए । यो चिठिको भाका निकै खरो र आदेशात्मक भएको पाइन्छ भनी टीप्पणी पाइयो ।

राजा त्रिभुवनको खापीमा राणाहरुले कहिल्यै केटीहरुको कमी हुन दिएनन् अनि सुरासुन्दरीमा राजालाई मधुमग्न बनाई राज्य शाषनमा आफ्नो हालीमुहाली गराउने राणाहरुको रणनिति थियो । यूरोपेली लेखिका एरिका लुक्याट राजाको दरवारमा फिजीयोथेरापीस्टका रुपमा आएकी र पछि त्रिभुवनसंग निकै नजिक भएकी अनि पुस्तक पनि लेखेकी व्यक्तित्व हुन् । उन्को पुस्तक भित्रुवन फ्यामीली विथ एरिकामा राणहरुले राजालाई बिदेशीसामु एउटा नशेडी र निम्छरो राजाका रुपमा मात्र प्रस्तुत गरेको तर राजा त्रिभुवन बास्तवमा त्यस्तो राजा नभएका उल्लेख गरेकी छन् ।

सबै श्रीमतीहरुलाई आदर गर्ने र शिष्टतापूर्वक मदिरा पिउने भनी एरिकाका पुस्तकमा उल्लेख छ । यद्धपि बिपी कोईरालाका आत्मवृतान्त पढ्दा भनें एरिकाका भनाईहरु सत्य लाग्दैनन् । बिपीको पुस्तकमा साम्राज्ञ शम्शेरको घरको पार्टीको कुरामा त्रिभुवनको हर्कतलाई बिपीले उठाएका छन् । उक्त पार्टीमा राजा त्रिभुवन आफ्नो छोराहरु सहित त्यहाँ पुगेका थिए । राजा त्रिभुवनले त्यहाँ गरेको हर्कत बिपीले निकै गुनासो गरेका छन् । उतीबेला बिपी गृहमन्त्री थिए ।

त्रिभुवनले बिपीलाई पार्टीमा ननाचेको भनी हप्काएका थिए, पछि राजा त्रिभुवनले आफू साम्राज्ञशम्सेरकैमा बसेर बुहारीहरु र बिपीलाई पठाउन गाडी खटाए । त्यसपछिका चुनावमा बिपी कोइराला भारी बहुमतले बिजयी भए, नेपालमा दुईतिहाई बहुमत सहितको प्रथम सरकार त्यही समयको थियो तथापि पछि राजा महेन्द्रको ‘कू’का कारण त्यो सरकार टिक्न भनें सकेन् ।

इतिहासका यस्ता पाटाहरुका बिषयमा हामी लाइभमाण्डूमा आउँदा दिनहरुमा चर्चा गर्दै जाँउला, आजलाई यति नै ।


त्रिभुवन फ्यालीमीली विथ एरिका पुस्तक
बालकृष्ण समको आत्मवृतान्त
बिपी कोईरालाको आत्मवृतान्त
युट्यूब च्यानल आनन्द नेपाल
अनि केहि बेवसाइटहरुको अध्यनका आधारमा


सुयोग ढकाल


Loading comments...