Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

दिल्लीमा प्रदुषण नियन्त्रण गर्न निजी कारहरुको जोर बिजोर संख्या प्रणाली लागु

२९ भाद्र २०७६, आईतवार १२:०३


आउने नोभेम्बर महिनाको ४ देखि १५ तारिखसम्म भारतको राजधानी दिल्लीमा निजी कारहरुलाई जोर बिजोर प्रणाली अन्र्तगत चल्न दिइने भएको छ । विश्वकै सर्वाधिक प्रदुषित राजधानीहरुमा भारतको राजधानी नयाँ दिल्ली अग्रपंक्तिमा आउने मध्य एक हो, हिँउदको शुरुवातसंगै त्यहाँ वायू प्रदुषण अत्यन्त बढ्ने भएकाले यसो गरिने भएको बताइन्छ । शुक्रवारका दिन दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले सञ्चारमाध्यमहरुलाई यो प्रणाली लागु गर्ने कुरा बताए ।

हुन त सन् २०१६ मा पनि यो प्रणाली लागु गरिएको थियो, यस प्रणाली अन्र्तगत गाडीको लाइसेन्स प्लेटको नम्बर अनुरुप जोर र बिजोरलाई बैकल्पिक दिनमा चल्न पाउने छुट दिइन्छ । मुख्यमन्त्री केजरिवालका अनुसार शिघ्र दिल्लीमा १००० बढि बिधुतिय बसहरु पनि ल्याइनेछ । दिल्लीमा अहिले सुलभ मेट्रो रेलहरुको ब्यापक सुविधा छ यद्धपि दिल्लीवासीहरुको निजि सवारीसाधनको मोह अन्य शहरको तुलनामा उल्लेखनिय रुपमा धेरै रहेको बताइन्छ । यसका साथै हिँउदको समयमा सरकारले नै दिल्लीमा निशुल्क मास्क उपलब्ध गराउने पनि मुख्यमन्त्रीले बताए ।

विश्व स्वास्थ संगठनका अनुसार विश्वकै सर्वाधिक प्रदुषित १८ शहरहरुमध्य १४ शहरहरु चाँही भारतको उत्तरी भागका शहरहरु पर्दछन् र दिल्ली ति शहरहरुको पनि अग्रपंक्तिमा आँउदछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले