
तालिवान नेताहरुको रुसमा वार्ता
२९ भाद्र २०७६, आईतवार १५:५५
बहुतै सम्बन्ध बिनाको घटनाक्रमहरुले विश्वमा हलचल ल्याउने गर्दछ । अमेरिका र तालिवानविचको लामो समयदेखि गर्ने भनिएको वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले केहि दिनअघि डेड भनि सम्वोधन गरेपछि तालिवानी नेताहरु रुसमा वार्ताका लागि गएको तथ्य सार्वजनिक भएको छ ।
तालिवानका कतारमा आधारित प्रवक्ता सुहेल सहिनले यस रुससंगको भेटवार्तालाई पुष्टि गर्दै अफगानीस्तानका लागि रुसका विशेष प्रतिनिति मजिर काभिलोवसंग गत शुक्रवार तालिवानको भएको वार्ताको जानकारी दिएका हुन् । रुसले अमेरिकाको तालिवानसंगको वार्तालाई महत्व दिएको र गत १८ वर्षदेखिको दर्दनाक युद्धलाई अफगानीस्तानमा अन्त गर्नुपर्ने कुरालाई महत्व दिएको बताइन्छ । अमेरिकी पक्षका सहजकर्ता जम्ले खलिहादले दर्जनौं चरणको कतारमा भएको अमेरिका र तालिवान वार्ता केवल सिद्धान्तमा मात्र पुगेको भनी बताएका थिए । गत महिनाबाट अमेरिका र तालिवानविच कतारमा गरिने भनिएको वार्तालाई अमेरिकी पक्षले निकै फितलो रुपमा लिएको तालिवान नेताहरुको आरोप छ ।
उता ट्रम्पले भनें अफगानी राष्ट्रपति असरफ घानी लगायत केहि तालिवानी नेताहरुलाई वार्ताका लागि आव्हान गरेको अनि यस वार्तामा अफगानीस्तानमा गत हप्ता भएको कारबम आक्रमणको विषयमा पनि जानकारी खोजेको बताएका थिए । पछि ट्रम्पले दे आर डेड, एज फार एज आइ एम कन्र्सन्ड दे आर डेड भनी प्रतिक्रिया दिएका थिए ।
यस परिपेक्ष्यमा तालिवानको रुससंगको वार्तालाई सन्देहका साथ लिइएको बताइन्छ, स्मरण रहोस् तालिवान विश्वकै सर्वाधिक शक्तिशाली कट्टरवादी आतंककारी संगठन हो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग