Lifestyle Portal
  •   २३ मंसिर २०७९, शुक्रबार

मलालाले संयुक्त राष्ट्रसंघलाई कश्मिरि बालबालिकालाई मद्धत गर्न आव्हान गरिन

३० भाद्र २०७६, सोमबार ११:३४

लोकप्रिय

नोवल शान्ति पुरस्कार कि बिजेता र पाकिस्तानकी शिक्षामा अहोरात्र पैरवी गर्ने मलाला युसुफले भर्खरै कश्मिरका बालबालिकाको पक्षमा वक्तव्य दिएकी हुन् ।

संयुक्त राष्ट्र संघलाई कश्मिरका बालबालिकाको पक्षमा कार्य गर्न उन्को आव्हान छ । यस वर्षको अगस्त ५ मा जम्मु र कश्मिरलाई विशेषाधिकार अन्न्र्तगत शाषन संरचनामा ल्याइएको थियो, त्यसपश्चात धेरै बिधालय र पसलहरु बन्द छन् । बालबालिका घरभित्र त्रासमा बसेका छन् र उनीहरु बिधालय फर्कन सक्ने अवस्था छैन । मलालाले यसै बिषयमा आव्हान गरेकी हुन् र उनले कुनै देशको सरकारभन्दा पनि संयुक्त राष्ट्र संघलाई आव्हान गरेकी हुन् ।

सेप्टेम्बर को अन्तिम दुई सातामा संयुक्त राष्ट्र संघको साधारण सभा हुँदै छ जस्का लागि दुबै देशका सरकार प्रमुख या प्रतिनिधिहरु अमेरिका जाँदैछन् । २२ वर्षिय मलालाले आफ्नो ट्वीट मार्फत संयुक्त राष्ट्र संघको साधारणसभालाई केन्द्रित आव्हान गरेकी हुन् । कश्मिरमा अहिले सञ्चारका साधन, इन्टरनेट लगायत अन्य थुप्रैकुराहरुमा प्रतिबन्ध छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,