Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

जब क्रिस्टियानो रोनाल्डो अन्तरवार्तामा रोए

३० भाद्र २०७६, सोमबार २२:१९


बेलायतको एउटा टिभी च्यानलका चर्चित पत्रकार पियरस् मोर्गनले रोनाल्डोको अन्तरवार्ता लिइरहेका थिए र यो श्रृंखला मङलबार बेलायतमा प्रसारण हुनेछ । त्यसैक्रममा जब बितेका पिताका बारेमा रोनाल्डोसंग कुराकानी हुनथाल्यो तब उनले आँशु थाम्न सकेनन् । टिभी स्क्रिनमा रोनाल्डोका आँखा बुवालाई संझेर रसाएका देखिन्थे । मोर्गनले मदिरामा सधैं डुबिरहने पिताको भिडियो फुटेज लिएका थिए जुन उनले रोनाल्डोलाई देखाए । उक्त फुटेजमा रोनाल्डोका पिताले आफू जे जस्तो भए पनि छोरा प्रति आफूलाई गर्व रहेको बताएका थिए । यो फुटेज भने सन् २००४ कै हो र यसको केहि वर्षमा ५२ वर्षको उमेरमा उनका पिता कलेजोको खराबीलेगर्दा संसार त्यागेर गए । उतिबेला एउटा नर्वेजियन प्रेसले साना रोनाल्डोको ठूलो उपलव्धीका बारेमा उनका पितासंग यो फुटेज खिचेको थियो ।

यी सबै भिडियोहरु ‘गुड मर्निङ ब्रिटेन’ भन्ने टिभी कार्यक्रममा देखाइनेछ ।

रोनाल्डोलाई दु:ख के हो भनी प्रश्न गरियो जसमा उनले आफू विश्वकै सर्वाधिक उत्कृष्ट फुटवल खेलाडी भएर अवार्ड पाँउदा ताली बजाउन र हेर्न आफ्ना बुवा नहुनु नै सर्वाधिक दुख हो भनेको छन् । यस अन्तरवार्तामा आफ्नो प्रमिकासंगको समबन्ध र एकफेर अमेरिकामा आफूमाथि लागेको बलात्कारको आरोपका बिषयमा पनि रोनाल्डोले बोलेका छन् ।


लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा