
जब दुईवटा आँप चोरेको आरोपमा एयरपोर्टका कर्मचारी समातिए
३१ भाद्र २०७६, मंगलवार ०७:००
नेपाली एयरपोर्टमा बिदेशबाट ल्याएको सामान हराउने, झोला खोलिने अनि मनपरि गरिने कुराहरु निकै सुनिन्छ । किलोका किलो सुन छिरेको नेपालको बिमानस्थलमा बिदेशबाट रातोदिन पसिना बगाएर नेपाल ल्याइएका टिभी, मोबाइल लगायत थुप्रै सामानहरुमा पहुँचका आधारमा दिने या नदिने तय गरिन्छ । बिमानस्थल होस् या अन्य कुनै नाका, सामान ओसारपोसारमा अन्र्तदेशिय कानुन र प्रावधानहरु कडा हुन जरुरी छ । यो दुबईको घटनाबाट नेपालले पनि केहि सिक्न जरुरी देखिन्छ ।
दुबई एयरपोर्टमा भारतबाट आएको कन्साइन्मेन्टमा आँपहरु थिए, त्यहाँका एक कर्मचारीले त्यस कन्साइन्मेन्टबाट दुईवटा आँप झिकेका थिए । गल्फ रिपोर्ट नामक पत्रिकाका अनुसार ति २७ वर्षिय भारतिय कामदारलाई गत शुक्रवार अदालतमा पेश गरिएको हो । दुबई एयरपोर्टको टर्मिनल ३ मा यो घटना भएको बताइन्छ ।
आरोपी कामदारका अनुसार उनलाई प्यास लागेको थियो र त्यसैवखत उनले कन्साइन्मेन्ट खोल्दा आँप देखे र २ वटा आँप खाएको स्विकारेका थिए । यो घटना सन् २०१७ को हो र सन् २०१८ मा पुलिसले मलाई एक्कासी चोरीको आरोपमा केरकार गर्यो, मेरो बस्ने ठाँउमा समेत छापा मार्यो तर त्यहाँ चोरीका केहि सामान फेला परेनन, आरोपी कामदारको वयानमा उल्लेख छ ।
२ वटा आँपको मुल्य स्थानीय पैसामा लगभग ६ दिराम पर्ने बताइन्छ ।
—
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै