
बम पत्ता लगाउन सक्ने अमेरिकी सेनाका कुकुरहरुको जोर्डनमा मृत्यु
३१ भाद्र २०७६, मंगलवार ११:४५
कुकुरप्रेम विश्वमा नै चरमोत्कर्षमा छ, नेपालको एउटा नगरपालिकाको कुकुर मार्ने योजनाको व्यापक विरोधदेखि नेपालीहरुको अगाध कुकुरप्रेम हामीले जताततै देख्न सक्दछौं । आज हामीले जोर्डनमा आतंकवादका विरुद्ध लड्न पठाइएको सैनीकका सहयोगी कुकुरहरु जसले सुँघेर बम पत्ता लगाउन सक्थे । जोर्डन सरकारबाट ति कुकुरहरुप्रति गरिएका अमानवीय व्यवहार तथा चरम बेवास्ताका कारण आतंकवाद नियन्त्रणमा अब्बल तालिम लिएका कुकुरहरुले अकाल मृत्युवरण गरेको तथा बाँचेका कुकुरको अत्यन्त दयनीय अवस्था रहेकोबारे खबर लिएर आएका छौं ।
अमेरिकी सेनाले जोर्डन सरकारलाई ८ वर्ष अघि ६६ वटा एक्प्लोजीम डिटेक्टर कुकरहरु दिएको थियो तर अहिले पर्याप्त स्याहार नपाएर, खानाको अभाव अनि बिभिन्न परजिवी संक्रमणका कारण ति मध्येका ८ कुकुरहरुको मृत्यु भएको हो । अमेरिकाली एजेन्सीले यी कुकुरहरु तालिम गर्न र हुर्काउन धेरै खर्च गर्दछ र यसरी आफ्ना कुकुरहरु मृत्यु भएको खबर पछि जोर्डनमा एउटा कुकुरहरुको मृत्युको कारणवारे जाँच पनि गरियो, यस जाँचले कुकुरहरुलाई भुईँ मै खान दिइएको, पर्याप्त खान नदिइएको, अत्याधिक फोहोर ठाँउमा राखिएको र राम्रो तालिमप्राप्त स्याहार गर्ने मान्छे नराखिएको पाइएको छ । त्यहाँ अझै केही संख्यामा त्यस्ता तालिमप्राप्त कुकुरहरु अझै रहेका छन् र उनीहरु हाल अत्यन्त दयनीय र चरम कठिन स्वास्थ्यस्थितमा बाँचिरहेका छन् ।
बेल्जियन म्यालीनोसिस प्रजातिका धेरैजसो कुकुरहरु छन्, अमेरिकाका केहि पशुअधिकारवादी संगठन र व्यक्तिहरुले गरिब देशहरुमा र प्रतिकुल मौसम भएको भूमिमा यसरी कुकुरहरु दिइनु नै गलत भएको भनी उक्त कदमको नै पनि निन्दा गरेका छन् ।
यसरी कुकुरहरु बम डिटेक्टरका तवरमा दिइने कार्यक्रमलाई अमेरिकामा ईडिसी भनिन्छ, नेपालले पनि केहि कुकुरहरु ईडिसी अन्तर्गत पाएको छ र यसरी कुकर पाउने देशहरुमा ईजिप्ट, लेवनन, मोरक्को, ओमान सहित जोर्डन पनि एक हो । सर्वाधिक धेरै ईडिसी कुकुरहरु प्राप्त गरेको जोर्डनले कुकुरहरुको स्याहारमा ध्यान नदिएको, खाना तथा स्वास्थस्थिरताका लागि कुनै पहल नगरेका कारण मारिएको अमेरिकी स्टेट एजेन्सीको ठहर छ ।
—
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,