
डिभोर्सः एक अमेरिकि आप्रवासी एकल महिलाको विश्वलाई सन्देश
१ आश्विन २०७६, बुधबार ०७:३१
एक्जना मुसलमान महिलाले प्रतिनिधिपात्रकारुपमा अमेरिकामा वसोवासगर्ने आप्रवासी मुसलमान समुदायमा हुने गरेको सम्बन्ध विच्छेदका विषयमा गरेको ट्विट अनि उन्का विचारहरु सामाजिक सञ्जालमा धेरै हिट भएका छन् भने अर्कोतर्फ डिभोर्सको वारेमा धेरै धारणा र तथ्यहरु उजागर पनि भएको छ । उन्को ट्विटर एकाउन्ट Arnessa को नाममा छ र हजारौ फलोवरहरुले उनको विचारलाई आत्मसाथ गरेका छन ।
उनको ट्विट यसप्रकार थियो, “My favorite thing about America is the divorce rate. & I mean it sincerely”
अर्थात अमेरिकाको मलाई सबैभन्दा मनपर्ने कुरा भनेको यो देशको समबन्ध विच्छेद दर हो र मैले सत्य भनेकि हुँ ।
अन्य देशबाट, मुख्यतया विकासोन्मुख देशबाट अमेरिका पुगेका आप्रवासी समुदायहरुमा आफ्नो देशका मुल्य मान्यता र नारी संवेदना र स्वतन्त्रता विरुद्धका अभ्यासहरु प्रशस्तै पाइन्छ । आजभोली विदेश जाने क्रम वढेकाले नेपालमा पनि डिभोर्सरेट वढ्न थालेको छ, कमाएर पैसा पठाएको स्वास्नी फर्केर आउदा अर्कैसग जाने या कमाएर श्रीमतीले पठाउने अनि श्रीमान यहा अर्कैसग रहने घटनाहरु सुनिने गर्दछ, गर्भपतनको दर पनि नेपालमा वढदो छ र डिभोर्सलाई सहज लिने जमात वढिरहेको छ , के डिभोर्स समस्या हो या समाधान या फेशन ? आउनुहोस अमेरिकि यी महिलाको विचार सुनौ , उन्को नाम संसारका सबै सञ्चारमाध्यमले गोप्य राखेको छ , हामीपनि नेपालमा यो समाचार प्रथम पल्ट रिल नेपाली भाषामा पस्किदै छौ र उन्को नाम गोप्य राख्दछौ तर विचार भने खुल्ला छ, पढनुहुन्छ नि ? उन्कै भाषालाई सरल नेपाली अनुवाद सुयोग ढकालले तपाइक लागी गनरेर पस्किनुभएको छ ।
अमेरिका आउने आप्रवासीहरुको डिभोर्स रेट अमेरिका आएपछि एकदमै वढेर जान्छ तथापि उनिहरुको आफ्नो देशमा भने डिभोर्स रेट एकदमै न्यून छ । के यो वढ्दो डिभोर्स रेट आधुनिकिरण र विकासको उपलब्धी हो ? के यस्को कुनै निकास छैन ?
उनिहरुको आफ्नो आफ्नो देशमा सामाजिक अपेक्षा र वलियो सामाजिक संरचनाका कारणले डिभोर्स अत्यन्त न्यून दरमा हुन्छ र महिलाहरु आफ्नो पुरुषसगै बस्दछन् ।
अर्कोतर्फ ति विकासोन्मुख अधिकांश देशहरुमा पुरुषले महिलालाई कुनै घरायसि हिंसा गरेमा या र्दुब्यवहार गरेमा गएर भन्ने , न्याय दिने या सहायता गर्ने अधिकारवादी सस्थाहरु नहुनु अनि एकल महिलाप्रति समाजको संकिर्ण दृष्टिकोण अनि महिलामात्रलाई थोरैमात्र प्राप्त हुने आर्थिक् स्वतन्त्रताले पनि डिभोर्सलाई समस्याको समाधान हैन थप समस्याको को रुपमा समाजले प्रस्तुत गरेकाले पनि डिभोर्स प्रति मान्छेहरु उदासिन छन ।
मेरा हजुरवूवाले हजुरआमालाई नराम्रो ब्यवहार र कुटपिट गर्ने गरेपनि हजुरआमा जीवनभर हजुरबुवासँगनै बस्नुभयो ।
अमेरिकामै पनि आप्रवासी समुदायले एकल महिलालाई राम्रो दृष्टिले नहेर्ने भएकाले पनि हुनसक्छ धेरै महिलाहरु अझैपनि दुब्र्यवहार खपेर श्रीमानसँग बस्न वाध्य छन ।
अमेरिकामा डिभोर्स रेट धेरै छ किनकि यहा महिलाहरुलाई सहजरुपमा पुरुषसग छुटिनसक्ने वातावरण छ । भोलि अन्य देशहरुमा पनि यस्तै भयो भने त्यहा पनि यहाजस्तै डिभोर्स रेट वढेर जान्छ । म एकफेर वोस्नियामा छदा एकजना ६० वर्षिय आमाले आफ्ना ७ जना छोराछोरीपाएर श्रीमानसंग जिएको जिवनका वारेमा सुनाउदा धेरै जना अमेरिकिहरु ध्यान दिएर सुनिरहेका थिए, यस्ता जिवनहरु जो श्रिमान श्रिमती एकआपससग जिवनभरि हरपलका साथी वनेर वसेका छन मात्र कथा या त उदहारण वनेका छन ।
तथापि ति आमाको कथा त्यति सुखी थिएन, रक्सी खाने श्रीमान र एकदमै अवुक्र सासु ससुराहरु वितेपछि मात्र जिवनमा शान्ति आएको उन्को अनुभव थियो । पालेका जनावरहरु हेर्नु, खाना पकाउनु, पानी ल्याउनु, कृषिकार्य गर्नु उन्को दायित्व थियो, दिनभरि अत्यन्त कष्ट कार्य गरेपछि पनि घर आउदा आराम नपाएको गुनासो र ब्यथा थियो ।
मैले वहालाई अनि किन श्रिमानलाई नछोडनुभएको भनि सोधे ?
छोडेर म कहाँ जान्थे र ? समाजमा एकल महिलाकालागी सम्मानजनक ठाउ छैन, उन्को उत्तर आयो धेरैजना छोराछोरीको भार अनि श्रीमानको गुहारतन खपेर महिलाहरु मन नलागी नलागी परिवारमा श्रीमानसग वसेका छन । यसो भन्दैमा सम्पूर्ण विवाहहरु नराम्रा छैनन, धेरै वृद्ध वृद्धाहरु जिवनअन्तसम्म वहुत राम्रो वाचेर अनि माया र स्नेह साथनै जितेर गएका पनि छन, त्यस्ता परिवार अझै हरेक ठाउँमा छन, दोष समाजलाई मात्र पनि लगाउन मिल्दैन किनभने वैवाहिक जिवन र नारी स्वतन्त्रता परिवार अनि ब्यक्तिगत आचरण र शिक्षामा निर्धारित हुन्छ ।
म एउटी मुस्लिम एकल महिला हु र मैले डिभोर्स पछिको समाजिक अवहेलना र पाएको स्वतन्त्रता तुलना गर्दा स्वतन्त्रता को मिठास अझै धेरै छ ।
विवाह गरेर पछुताउनु भन्दा विवाह पहिलेनै विचार पूर्याउन जरुरी छ , सुरक्षा जरुरी छ चाहे त्यो दुब्र्यवहारगर्ने श्रीमान सगको सुरक्षा होस या समाजसगको होस, महिलालाई सुरक्षा चाहिन्छ अनि स्वतन्त्रता ।
नमिठो वैवाहिक जिवन होस या डिभोर्स दुबै रमाइलो या रसिक हुदैन अर्थात रोमान्टिक कुरा दुबै हैनन तथापि सन्तुलन जरुरी छ ।
—
सुयोग ढकालको अनुवाद
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा