
पामे जाने रोड फेवातालमा भासियो, रातोमाटो डाँडा जोखीममाः भिडीयो सहीत
१ आश्विन २०७६, बुधबार १६:२४
पोखरा फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासिएको छ । गएराति परेको ठुलो बर्षातका कारण पोखराको लोकप्रिय स्थल पामे नजिकैको रातो डाँडाको सडक फेवातालमा भासिएको हो । सो क्षेत्रमा करिब 100 मिटर सडक भासिएकोछ । १० मिटर सडक भासिएर पहिरो गएको छ भने करिब ४० मिटर जसो सडक भासिएर खस्ने अवस्थामा पुगेको छ भने उक्त स्थानमा रहेको स्थानीयको घर समेत जोखिममा परेको छ ।
गएराति नै भासिएको स्थानमा कुनै संकेत वा रोकछेक नगर्दा सो क्षेत्रमा सडक दुर्घटनाको उच्च जोखिम समेत रहेको छ ।
सोहि भासिएको स्थान नजिकै केहि समय अघि करिब १० मिटर जसो भाग पहिरो गएको र त्यसलाई समेत मर्मत सम्हार नगरेको भन्दै स्थानियले गुनासो गरे ।
भिडीयो हेर्नुहोस्ः
तस्वीर तथा भिडियोः फ्रेण्ड्स टिभी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।
भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी
नेपालका लागि नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभएको छ । श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु