
नेपाल पर्यटन वोर्डको ATAS मा सहभागीता
३ आश्विन २०७६, शुक्रबार ११:४४
पर्यटन प्रर्वधनका लागि लागि परेको नेपाल पर्यटन वोर्डले पछिल्ला वर्षहरुमा अन्तराष्ट्रिय थलोहरुमा आफ्नो अर्थपूर्ण सहभागिता र यसका साथै डिजीटल प्रमोशनमा विशेष ध्यान दिएको पाइन्छ । भर्खरै पर्यटन वोर्डले विश्वभरिका फोटोप्रेमी र पत्रकारहरुका लागि फोटो नेपाल डिजीटल थलोको अवधारणा ल्याएको पनि थियो, यस अन्र्तगत कोही पनि फोटोग्राफरले आफ्नो नेपालसंग समबन्धीत फोटोलाई (www.photonepal.travel) मा गएर आफ्नो प्रोफाइल बनाएर अपलोड गर्न सक्दछ र यसरी अपलोड गर्दा उक्त फोटो निशुल्क या अन्य कुन प्रावधान अन्र्तगत उक्त फोटो अर्को पक्षलाई दिने भन्ने अप्शन पनि रहन्छ । यसरी फोटो चाहिएको र भएको जमातलाई एउटै थलोमा पर्यटन वोर्डले ल्याएपछि अहिले हजारौंका संख्यामा नेपाल झल्काउने फोटो र फोटोग्राफर अनि फोटोप्रेमीहरु यो साइटमा झुम्मिन थालेका छन् ।
अहिले पर्यटन वोर्डले आफ्नो विदेशी कार्यक्रम र सहभागीतामा यस नेपाल झल्काउने फोटोको डिजिटल थलोको निकै प्रवर्धन गर्न थालेको छ भनें यसको परिणाम पनि निकै राम्रो छ । अहिले संयुक्त अधिराज्यको म्यानचेस्टरमा आयोजना भइरहेको एसोसिएसन अफ टुरिज्म एण्ड एड्भेन्चर
सप्लाएर्स (ATAS) कन्फरेन्समा नेपाल पर्यटन बोर्डको स्टलमा आएका अन्तर्राष्ट्रिय टुर अपरेटरहरु ले नेपाल पर्यटन वोर्डको स्टलबाट नेपाल सम्बन्धी जानकारी, पर्यटन गन्तव्यहरु लगायत अन्य जानकारीहरु प्रवाह गरिरहेका छन् । यस स्टलमा पर्यटन वोर्डको फोटोनेपाल पनि निकै नवप्रवर्तनात्मक र उत्साहजनक प्रवर्धन विधिका रुपमा चर्चित भएको पाइन्छ ।
यहाँहरु पनि फोटोग्राफर हुनुहन्छ या फोटोसमबन्धी कुराहरुमा शोख राख्नुहुन्छ अनि नेपाललाई लेन्सका माध्यबाट कुना कन्दरादेखि केन्द्रविन्दुसम्म बुझ्न चाहनुहुन्छ भनें फोटो नेपाल एकफेर हेर्नुहोला, यो नेपाल देखिने डिजिटल थलो हो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा