
प्लाष्टिक जल्दैन बरु पग्लिन्छ : बिकल्प के छ त ?
४ आश्विन २०७६, शनिबार ०६:००
प्लास्टिक को जन्मबाटै को कुरा शुरु गरौं जुन गएर इतिहासको सन् १९०७ मा ठोकिन्छ, ४३ वर्षका बैज्ञानिक लियो बयाकील्याण्ड नामक बैज्ञानीकले फिनोल र फरमालेडेआई नामक केमिकलबाट विश्वलाई नयाँ उत्पादन दिए, प्याष्टिक ।
उनले बनाएका सिन्थेथिक रेसिम नै पछि गएर मिडल क्लासका मान्छेहरुको जनजिवन छुने अत्यावश्यक उत्पादन प्याष्टिकको स्वरुपमा आयो । यस उत्पादनको नाम बयाकीलाइड राखियो जुन कालान्तरमा प्लास्टिकको स्वरुपमा हामीले चिन्दै गयौ । एउटा जुत्ता सिलाउने मोचिकार र घरेलु कामदार आमाको न्यूनमध्यम परिवारको लियो बेल्जियमका थिए, उन्को धन यस उत्पादनले यति बढायो कि आज सम्म पनि यस परिवारको सुसम्पन्नतका कुराहरु चर्चामा रहन्छ ।
२० वर्षको कलिलो उमेरमा यि वैज्ञानीकले गेन्ट विश्वविधालयमा केमिस्ट्रिमा पिएचडी गरिदिए । २०सौं शताव्दीमा त यस उत्पादनले तहल्का नै मचायो, सन् १९२४ मा टाइम्स म्यागजिनले लियोको फोटो मुख्यपृष्ठमा राखेर यिनको नाम कस्लाई थाहा छैन र भनेंर छापेको थियो । यस पृष्ठमा टाइम्सले यो उत्पादन न त बल्छ न त पग्लिन्छ भनी लेखेको थियो, मान्छेहरु टिकाउ र सस्तो उत्पादनको खोजमा जो थिए ।
सन् २०११ मा सुािन फैकिंल नामक लेखिकाले यसै विषयमा एउटा पुस्तक लेखिन जस्को नाम थियो ए टोक्सीक लभ स्टोरी । यस पुस्तकमा औसत मान्छेले दिनमा कम्तिमा पनि १९६ पटक प्याष्टिक छुने र विश्वभरिका मान्छेले छुने कम्तिमा दुई तिहाई उत्पादनहरु प्लास्टिकबाट बन्ने तथ्य पनि उजागर गरिन् । विश्वको ८ प्रतिशत ईन्धन नै प्लास्टिक उत्पादनमा खर्च हुने तथ्य पनि बाहिरियो ।
बिजुली प्रवाह नहुने, जुनसुकै आकारमा पनि सहजै ढाल्न सकिने र सस्तो भएकाले विश्वमा यस उत्पादन सर्वत्र फैलियो तर अन्तत यो उत्पादन टक्सिक लभ स्टोरी नै त भयो । समुन्द्रका माछाका पेटहरु देखि जनावरका आहारहरु अनि मान्छेको हरेक तौरतवरमा यो उत्पादन आँउछ । फोहोर संकलन र पूर्नप्रयोगको थुप्रोमा सबैभन्दा धेरै यहि कुरा पाइन्छ ।
विश्वका अधिकांश प्रयोग भएका कुराहरु प्रकृति आफैले समाहित गर्दछ शिवाय प्याष्टिक, यो अदभूत अन्वेषणको नराम्रा पाटाहरुले आज विश्व आक्रान्त छ जबकी यस उत्पादनको पत्ता लागेको १०० वर्ष पनि त भएको छैन । अल्टा्रभाइलेन्ट रे हरुले प्लास्टिकसंगको मिश्रणमा पानीको साथ पाएमा प्लास्टिक केहि मात्रामा पग्लिन्छ र पानीमा मिसिन्छ । डाटाहरु हेर्दा त हरेक हप्ता विश्वभरिका हरेक मान्छेले विभिन्न स्वरुपमा जान अन्जानमा कम्तिमा ५ ग्राम अर्थात एउटा क्रेडिट कार्डको साइजमा प्लास्टिक खाने गर्दछन् । भारतमा मात्र हरेक दिन १० हजार टन प्लास्टिक संकलन नहुने तवरले वातावरणमा छाडिन्छ । औसत भारतियहरुले प्रतिवर्ष १०९ केजी प्लास्टिक खाने गरेको डाटा छ जुन प्रतिवर्ष औसतमा १११ केजि खाने गरेको अमेरिकीका तुलनामा केहि मात्र कम छ ।
धेरै जसो प्लास्टिक समुन्द्रमा जान्छन् या त जमिनमा नै पहाडका थुप्राका रुपमा थुपारिन्छन् । एउटा अध्ययनका अनुसार सन् २०५० सम्मा समुन्द्रमा माछाको कुल ओजनभन्दा प्लास्टिकको ओजन बढि हुने देखाँउदछ । केहि देशहरुले यस कुरालाई प्रतिबन्ध त लगाएका छन् तर ब्यबहारीक रुपमा अनि लागतका रुपमा यो निर्णय भारी पर्न गएको छ ।
अब प्यास्टिकको बिकल्प सबै देशहरुले सोच्ने समय आएको छ । नेपालजस्तो भौगोलिक बिभिदता भएको र पर्यावरणीय जोखिममा रहेको देश यस प्रति विशेष सचेत रहन जरुरी छ । कागज या कपडाका झोलाहरु प्रयोग गर्ने कुराहरु देखि प्लास्टिकको पूर्नप्रयोगका विषयमा हामी सचेत हुने समय आइसक्यो ।
सागरका गहिराई देखि सगरमाथाका टाकुरासम्म यो फोहोर पुगिसक्यो, दैनिक जिवनमा हामीले गर्ने प्लास्टिक प्रयोगलाई कसरी घटाउने भन्ने कुरा हामी स्वयमले सोच्न सक्नुपर्दछ ।
—
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा