
पाकिस्तानले धर्मविरोधको आरोपमा जेल हालेका हिन्दु शिक्षक
४ आश्विन २०७६, शनिबार १४:५२
पाकिस्तानमा हिन्दु अल्पसख्ंकका विरुद्धमा निकै धेरै आक्रमण र हिंसाका घटनाहरु बढ्दा छन् । गत महिनामात्र मेडिकल कलेजकी टपर हिन्दु छात्रालाई बलात्कार गरेर हत्या गरेको अवस्थामा होस्टलमा पाइयो भनें यस अघि पनि एकजना स्थानीय रुपमा चर्चित पशु चिकित्सकलाई कारावास गरिएको थियो ।
अहिले एकजना हिन्दु प्राध्यापकको तथ्य बाहिर आएको छ, कुरा कराँचीभन्दा ४२५ किमी उत्तरको गोठाही भन्ने गाँउको हो जहाँ नोट लाल नामका हिन्दु यि प्राध्यापकलाई मुसलमान छात्रले धर्मविरोधको आरोप लगाएकै भरमा प्रशासनले समातेर लगेको छ । सन् १९९० बाट ब्लासफेमी अर्थात धर्मविरोधको आरोपमा पाकिस्तानी प्रशासनले ७५ जनालाई मृत्युदण्ड दिइसकेको छ ।
यि शिक्षकलाई समातियो र उत्तेजक भिँडले यिनको गाँउ छेउको हिन्दु मन्दिर नष्ट गरिदिएको र परिवारलाई पनि चेतावनी दिएको समाचार छ ।
यस विषयमा एमनेस्टी ईन्टरनेशनलले पनि ट्वीट गर्दै ति शिक्षक र अल्पसंख्यक हिन्दुको पाकिस्तानमा रक्षा हुनुपर्ने बताएको छ । धर्मबिरोधी आरोप लागेका आरोपीलाई पुष्टि भएमा अनिवार्य मृत्युदण्ड दिनुपर्ने पाक कानुन छ, यदि कोही छुटिहाले भनें पनि पछि कुनै अतिवादी समुहले मारिदिने डाटा धेरै छ ।
लाइभमाण्डु
यो पनि पढ्नुहोस पाकिस्तानका हिन्दु पशु चिकित्सक जो जेलमा छन्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले