Lifestyle Portal
  •   २२ जेष्ठ २०८०, सोमबार

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जेसिज द्वारा सौराहाका माहुतेलाइ प्रशिक्षण

३ आश्विन २०७६, शुक्रबार १८:००


नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उद्देश्यका साथ यहि ३१ भाद्र २०७६ का दिन चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा जे.सि.आइ. काठमाण्डौ लेडी तथा सौराहा जेसिजको संयुक्त आयोजनामा राष्ट्रिय वनजंगल, वन्यजन्तु एवं पर्यापर्यटन (इकोटुरिज्म) तथा हात्ति परिचालक अभिमुखिकरण तालिम सम्पन्न गरियो । जे.सि.आइ.नेपालका राष्ट्रिय अध्यक्ष तथा नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय पर्यटन पवर्धन अभियान मूल समितिका कार्यकारिणी सदस्य सिनेटर महेश पौडेलको प्रमुख आतिथ्यमा सन्चालन भएको उक्त कार्यक्रमका विशिष्ट अतिथी रत्ननगर नगरपालिकाका मेयर नारायण वन हुनुहुन्थ्यो ।

कार्यकारिणी सदस्य जे.सि.आइ. सिनेटर महेश पौडेलले विश्वका १२० भन्दा बढी देशमा जे.सि.आइका शाखाहरू सन्चालन भएकाले नेपाल भ्रमण वर्ष २०२० लाइ सफल बनाउन नेपाल जेसिज र आवद्ध १५० शाखाहरूले उत्तिकै भूमिका निर्वाह गर्ने वताउनुभयो । यस महत्वपूर्ण कार्यको शुरूवात जे.सि.आइ. काठमाण्डौ लेडी तथा सौराहा जेसिजले गरेकोमा उहांले शुभकामना सहित धन्यवाद दिनुभयो । आफु स्वयं नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय पर्यटन पवर्धन अभियान मूल समितिका कार्यकारिणी सदस्य रहेको नाताले हामी जेसिजकर्मीहरूका लागि यो अवसर र चुनौति दुवै रहेकाले यो राष्ट्रिय अभियानलाइ सफल बनाउन जेसिजका सम्पूर्ण शाखाहरूलाइ सकृय भइ लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी रत्ननगर नगरपालिकाका मेयर नारायण वनले यो महत्वपूर्ण कार्यक्रममा आफुलाइ निमन्त्रणा गर्नुभएकोमा आयोजकहरूलाइ धन्यवाद दिनुहुंदै जेसिजबाट नेपाल भ्रमण वर्ष २०२० का उपलक्ष्यमा यो कार्यक्रमको शुरूवात भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा हात्ति परिचालकहरू लाइ अभिमुखिकरण तालिम दिंदै हात्ति, माहुते र पर्यटक वीचको आपसि सम्वन्ध तथा पर्यटकहरूसंग गर्नुपर्ने व्यवहारका विषयमा चितवन राष्ट्रिय निकन्जका डा. भिषण गजमेर, किरण राइ, अमिर संग्रौला तथा सौराहा जेसिजका अध्यक्ष जेसी शिव प्रसाद भुषालले प्रशिक्षण दिनुभएको थियो ।उक्त अवसरमा जेसिआइ काठमाण्डौ लेडी द्वारा प्रदान गरिएको नेपाल भ्रमण वर्ष २०२० लोगो अंकित पोशाक चितवन राष्ट्रिय निकुन्जका ५० जना माहुतेहरूलाइ प्रमुख अतिथी तथा विशिष्ट अतिथीले प्रदान गर्नुभएको थियो ।

जेसीआइ काठमाण्डौ लेडीकी अध्यक्ष अर्चना श्रेष्ठ मुनकर्मीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि जेसीआइ काठमाण्डौ लेडी र सौराह जेसिज संलग्न हुन पाउनु हाम्रो अहोभाग्य हो, वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरूलाइ यस सुन्दर रमणीय राष्ट्रिय निकुन्जमा प्रकृतिलाइ नजिकबाट नियाल्न र मनोरन्जन गराउनुहुने माहुतेहरूको कामको उच्च प्रशंसा गर्दै वहांहरूलाइ यस कार्यक्रममा सम्मान गर्न पाउंदा आफुलाइ ज्यादै खुशी लागेको वताउनुभयो ।

उक्त कार्यक्रमको संयोजन जेसी रजनी श्रेष्ठ तथा संचालन जेसी अप्सरा आचार्यले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका पदाधिकारीहरू, चितवन तथा अन्य जिल्लाका जेसिजका शाखा अध्यक्षहरू, जेसिजकर्मीहरू, विभिन्न सामाजिक तथा पर्यटन क्षेत्रका महानुभावहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले