
जितिया पर्व को हार्दिक शुभकामना
५ आश्विन २०७६, आईतवार ०६:३०
आज जितिया पर्व को हार्दिक शुभकामना छ।यो पर्व खास गरि सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै मिथिलानीहरुले मनाउने जितिया पर्व आजदेखि विधिवत शुरु भएको छ । शुक्रबार विधिवत सुरु भएको जितिया पर्व आईतवार समापन हुने छ । महिलाहरुले २४ देखि ३६ घण्टा सम्म निराहार पानी समेत नखाई थुक पनि ननिल्ने हुनाले जितिया पर्वलाई कठोर मानिन्छ ।
जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । पहिलो दिन नुहाएर घिरौलाको पातामा तेल खँडी चढाउँदै सन्तानको शीरमा तेल दलिदिएर सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ । त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छिन् भने विधवा महिलाहरु भात ,चिउरा ,कोदोको रोटी खाने परम्परा छ ।
शाकाहारी महिलाहरुले नजिकको पोखरी, ईनार, ताल कुवामा स्नान गरि गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने गरिन्छ । जितियापर्वको एका विहानै महिलाहहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यस माथि पिनाको अर्घ दिने गर्दछन् । त्यसपछि दिन रात उपवासमा बस्ने हुनाले छाक भरि भोजन गर्छिन् ।
यता विहानपख बच्चाहरु विउझेपछि रातिमा घिरौलाको पातमा चढाएको नैवेद्यय स्वरुपको चिउरा, दही फलफुल सहित प्रसादीको रुपमा खान दिन्छन् । पारनका दिन अर्थात अन्तिम दिन विहानै उठी ब्रतालु महिलाहरु नदी, पोखरी, ईनार ताल तलैयामा स्नान गरि घर फर्केर बेसारको पातमा चुरा, दही, फलफुल खान दिएर जितिवा पर्व विधिवत रुपमा सम्पन्न हुन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको