
नेपाली राष्ट्रगानको आधिकारीक भिडियो जस्ले बनाए
५ आश्विन २०७६, आईतवार १२:३८
बुर्ज खलिफामा संविधान दिवसका दिन नेपाली राष्ट्रिय झण्डा देखाएर र राष्ट्रगान बज्दा हामी धेरै नेपालीहरु गर्वले छाती चौडा पार्दै आफ्ना मन्तव्यहरु प्रवाह गर्दै छौं । नयाँ नेपालको नयाँ शाषकिय स्वरुप, संविधान, शाषनडोर अनि संसद संरचना सबैकुराहरु परिवर्तन भए अनि साथै परिवर्तन भयो राष्ट्रगान । राष्ट्रगानको गीत खुला प्रतिस्पर्धाबाट छनौट गरियो अनि साथै राष्ट्रगानको भिडियो पनि यसैगरि खुला प्रतियोगिताबाट छनौट गरिएको थियो । यसरी गरिएको छनौटमा सञ्चारकर्मी जनक दिप पराजुलीको भिडियो छनौट भएको थियो ।
जनक दिप पराजुली एउटा नेपथ्यमा रहन चाहने नाम तर यिनले गरेका योगदान र श्रृजनाहरुको श्रृखलामा निकै लामो र बहुआयामीक छन् ।
प्रकाश श्रेष्ठ, मधु क्षेत्री लगायत सरिष्मा अमात्य, नलिना चित्रकार, सुगम पोखरेल लगायत थुप्रै गायक गायिकाहरुले यिनका गीत गाइसकेका र १६० भन्दा धेरै भिडियो, डकुमेन्ट्री अनि बिज्ञापनहरु मार्फत नौलो सञ्चार प्रवाह गरिसकेका जनक दिप एक समयमा बन्द हुन लागिसकेको तराई टिभीको निर्देशक भएर उक्त टिभीलाई पूर्नजागृत गराउने एउटा कुशल नेतृत्वका रुपमा पनि परिचित थिए ।
जनक दिप पराजुलीको एउटा समबन्ध नेपाली राष्ट्रगानसंग पनि जोडिएको छ, नेपाली राष्ट्रगानको आधिकारिक भिडियो उन्ले बनाएको भिडियो हो । सैयौं थुगां फुलका हामी एउटै माला नेपाली को आधिकारिक भिडियो जनक दिप पराजुलीको निर्देशनमा बनेंको भिडियो हो, यसरी आफ्नो भिडियो मेकिगंबाट राष्ट्रीयगानलाई समेत रोमरोम पुलकित गराएका जनक दिप पराजुली अहिले पनि नेपालमा रहेर बिभिन्न अन्तराष्ट्रिय चलचित्रकर्मीहरुसंग नेपालमा बिदेशी चलचित्र छायाकंनमा सक्रिय मात्र छैनन कि वेब एचडी टिभी मार्फत अनलाईनमा नौलो सामाग्री र सञ्चार प्रवाहका साथ अघि आउने कसरतमा दिनरात लागि परेका छन् ।
लाइभमाण्डु
नेपाली राष्ट्रगानको भिडियो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग