
श्रीलंकामा राष्ट्रपतिको चुनाव हुँदै
५ आश्विन २०७६, आईतवार १३:१६
गत अप्रिलमा भएको आततायी ईस्टर बम आक्रमणका सिलसिलापछि श्रीलंका आफ्नो ८७ बिलियन अमेरिकी डरको अर्थतन्त्रका साथमा अघि बढ्न र खस्केको पर्यटनमा टेवा पूर्याउन संघर्षरत छ । श्रीलंकाका मतदान कार्यालयका मुख्य व्यक्ति महेन्द्रा देशाप्रियाका अनुसार अहिले श्रीलंकामा १ करोड ६० लाख भोटरहरु छन् र उन्का अनुसार १८ जना जति राष्ट्रपतिय उम्मेदवारका साथमा आँउदो नोभेम्बर १८ मा त्यहाँ राष्ट्रपतिय चुनाव हुँदैछ । अहिलेका राष्ट्रपति महिथ्रिपा श्रीसेनाले पनि आँउदो चुनावमा उम्मेदवारी दिन पाउनेछन तथापि उन्को तर्फबाट आँउदो चुनावमा उम्मेदवारी दिने विषयमा कुनै आधिकारीक प्रतिक्रिया आएको छैन ।
सन् २०१५ मा भएको संविधान संशोधनपछि श्रीलंकामा राष्ट्रपतिको दायरा सिमित पार्दै प्रधानमन्त्री र संसदलाई अत्याधिक शक्तिशाली बनाइएको पाइन्छ । विपक्षी पार्टी पोडजुना पेरामुना पार्टीका नेतृत्व पूर्वराष्ट्रपति महेन्द्र राजापाक्ष हुन् जस्ले आफ्ना सहोदर भाई गोटावया राजापाक्षलाई आँउदो राष्ट्रपतिय चुनावको उम्मेदवार घोषणा गरेका छन् ।
यता सत्तापक्षका महेन्द्रमन्त्री रनिल विक्रमासिंहेको पार्टीबाट राष्ट्रपतिय उम्मेदवार अझै घोषणा हुन् बाँकी छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले