
यूरोपियन डाटा सेन्टरहरुमा गुगलले ३ बिलियन डलर लगानी गर्ने
५ आश्विन २०७६, आईतवार १८:१७
गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले अबको २ वर्ष भित्र गुगलले यूरोपका डाटा सेन्टरहरुमा ३ बिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् । यसका साथै गुगलले यूरोपको ईन्टरनेट संरचनामा सन् २००७ देखि गरेको लगानी बढेर १५ बिलियन यूरो हुनेछ, सुन्दर पिचाईले शुक्रवार एउटा पत्रकार सम्मेलनमा भनेंका छन् ।
फिनल्याण्डका प्रधानमन्त्री एन्टी रिनीसंगको हेलसिन्कीको भेटघाटमा पिचाईले यो कुरा बताएका हुन् । गुगलको यो लगानीले यूरोपका प्रतिवर्ष १३,००० जनालाई पूर्णकालिन जागीर प्रदान गर्न सक्षम हुनेछ जुन यूरोपियन यूनियनका लागि राम्रो कुरा हो, पिचाईले बताए ।
फिनल्याण्डको हमिना डाटा सेन्टरमा मात्र ६०० मिलियन यूरो गुगलले लगानी गर्दैछ । प्रधानमन्त्री रिनीले पनि आफ्नो देशमा हुने यो लगानी निकै उत्साहप्रद रहेको प्रतिक्रिया दिँदै गुगललाई धन्यवाद दिए ।
गुगलका अन्य यूरोपियन डाटा सेन्टर नेदल्याण्ड, आयरल्याण्ड र बेल्जियममा हुनेछ । यसका साथै पिचाईले गुगल अब भारी रुपमा लगानी नवीकरणीय उर्जामा गर्न चाहेको बताएका छन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,