Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

ह्वाइट सुपरमेसीस्ट र हिन्दु राष्ट्रवादि किन उस्तै देखिन्छन ?

६ आश्विन २०७६, सोमबार १३:५१


संयुक्त राष्ट्रसंघको साधारण सभाका क्रममा अहिले अमेरिकामा विश्वका सिद्धहस्त राष्ट्रप्रमुखहरुको भेला छ । हाउसटनमा मोदीको र्याली भयो जस्मा समर्थकहरुले हाउडी मोदी भन्ने नाराका साथ निकै उत्साही सहभागीता देखाए र उक्त र्यालीमा अमेरिकी राष्ट्रपति ट्रम्पको पनि सहभागीता थियो ।

हुन त दुबै देशको व्यापार विवाद उच्च विन्दुमा नभएको हैन यद्धपि एउटा ह्वाइट सुप्रमेसस्ट ट्रम्प र हिन्दु राष्ट्रवादी मोदीको यो साँठगाँठ यसपाला धेरैलाई उस्तै उस्तै लागेको छ । के पश्चिमाहरुको ह्वाइट सुप्रमेसी र पूर्विहरुको हिन्दु राष्ट्रवाद उस्तै उस्तै हो त ?
कश्मिरको मुद्धालाई लिएर अहिले विश्वभरिका अधिकारवादीहरु एक भएका छन् अनि कश्मिरको मुद्धालाई मुसलमान विरुद्धको हिन्दु शाषकको दमनका रुपमा ब्याख्या भइरहेको छ, स्मरण रहोस् अमेरिकामा र्याली स्थल अगाडीपनि मोदीको विरुद्धमा ठूलै संख्यामा समर्थकहरु भेला थिए । तर यो समर्थन र विमर्थको ख्याल नगरि ट्रम्प हँसिलो मुहारका साथ पुगिदिए, भारतीय समकक्षीको र्यालीमा ।
एकदिन अघि ट्रम्पको ट्वीटमा म मेरा साथीका लागि हाउसटन जानेछु भन्ने उल्लेख थियो, यो मित्रतामा दुबै राष्ट्रवादी नेताहरु बिचारगत समानतालाई केलाँउदा शाषकीय बिचारधारामा ह्वाइट सुप्रमेसी र हिन्दु राष्ट्रवाद एउटै तराजुमा तौलने धेरैले मौका पाएका छन् ।
अमेरिकामा धेरै भारतीय मुलका नागरीकहरु छन्, के यो ट्रम्पको भोटबैंक प्रतिको लालसा र साधुवाद हो ? या अरु नै केहि ?

पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले पनि ट्रम्पलाई दुई पटक भेट्दैछन, यसै साता अमेरिकामा । कश्मिरको मुद्धामा के अमेरिका आँखा चिम्लेर भारतको राष्ट्रवादको पक्षमा छ त? ट्रम्पको यो आशयले के प्रतिउक्तर दिएको छ त ? धेरै प्रश्नहरुको उत्तर धमिलो देखिन्छ ।
रिपब्लीकनहरुले वर्चस्व राखेको टेक्ससमा हाउसटन चाँही अचम्मसंग डेमोक्रेटहरुको थलो हो, गत चुनावमा पनि यहाँबाट अधिकांश भोट हिलारीलाई गएको थियो । यहाँका बहुसंख्यक भारतीय समुदायलाई समर्थन गर्दै ट्रम्पले पनि अब सन् २०२० को चुनावको पूर्न आवेदनको रणनिति त अपनाएका हैनन ?

गत चुनावका आशालाग्दा एक उम्मेदवार बर्नी स्याण्डरस्ले ट्रम्पलाई लक्षित गर्दै के अब अमेरिकाले विश्वभरका तानाशाहहरुलाई हामी साथमा छौं अघि बढ भनेको हो भनी प्रश्न गर्दै ट्वीट गरेका छन् । टेक्सस भारत फोरमकी प्रवक्ता प्रिती दावाले ट्रम्पलाई पूर्ण स्वागत गरेको वक्तव्य दिएकी छिन् । गत जुनमा मात्र ट्रम्पले भारतलाई प्रार्थमिक्ताका साथ अमेरिकी व्यापार नगरी अमेरेकी सामानमा अतिरिक्त कर लगाएकोमा निन्दा गरेका थिए । उता भारतीय अमेरिकी मुलमान काउन्सीलका उपाध्यक्ष शेद अफ्जलले भाजपा आएपछि भारतीय मुसलमानहरुलाई निकै अफ्ठेरो भएको र गत ५ वर्ष देखिको मोदी शाषनमा मुसलमानहरु चिहान मुनी स्वतन्त्रा खोजिरहेका भनी भारतीय परिवेशको ब्याख्या गरिदिएका छन् । धर्मको नाममा अल्पसंख्यकमाथि दमन गर्न नहुने विरोधीहरुको प्लेकार्ड र नारामा हाउसटनको र्यालीस्थल अगाडि सुन्न र देख्न सकिनेथियो ।

सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग