Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

ओसामा विन लादेनका ६ पत्नी र ३० छोराछोरीको जिवन

७ आश्विन २०७६, मंगलवार ०६:००


उदी अरबको रियादमा लादेनको जन्म भएको हो । साउदीको सर्वाधिक ठूलो कन्सट्रक्शन कम्पनीका मालिकका छोरा ओसामाको परिवार भनें यमनबाट साउदीमा बसाँईसराई गरेको परिवार थियो । पश्चिमा देशहरुमा गएर अध्ययन गरि ओसामा पनि आफ्ना अरबपति बुवालाई व्यापारमा सघाउन साउदी फर्किए । साउदी अरबले कहिल्यै पनि ओसामाको आतंकवादी कुरालाई प्रश्रय दिएको पाइएन किनकि ओसामाको पासपोर्ट नै साउदीले धेरै अघि जफत गरिदियो, त्यसपछि ओसामा साउदी अरब बाहिर बसेर आफ्नो सञ्जाल विस्तारमा लागे ।
एफबिआईको टप लिस्टमा लामो समय रहेका ओसामाले अमेरिका र पश्चिमा देशहरु केन्द्रत धेरै हमलाहरु गराए जस्मा उन्ले आफ्नो संगठन अलकायदाको तर्फबाट वल्र्ड ट्रेड सेन्टर र पेन्टागनको सेप्टेम्बर १ सन् २०११ को घटनाको पूर्ण जिम्मेवारी लिए ।
यस घटनाको १० वर्षसम्म बिभिन्न ठाँउ र देशमा गुपचुप बस्दै संगठन हाँकिरहेका ओसामालाई अमेरिकी सेनाले सन् २०११ मा पाकिस्तानको अवोत्तावादमा गोली हानी हत्या गर्यो ।

अरबपति ओसामाका छोराछोरीहरुले खुल्ला र स्वतन्त्र जिवन भनें कहिलेपनि बाँच्न पाएनन्, सदैव डर र भयमा बिभिन्न ठाँउहरु बसाँई सर्दै ओसामा विन लादेनका बालबालिकाहरु बाँचे । उन्का ३० वटै सन्तानहरुले साउदी भाषा र भेषसंग साक्षात्कार हुने अवसर पाएनन बरु उल्टै पाश्तो र उर्दु भाषाहरु बोल्दथे किनभनें उनीहरुले अरबी भाषासँग साक्षात्कार हुन नपाएको भनी लाईफ ईन साउदी अरबीया डट नेटले लेखेको छ । ओसामाका नाति नातिनाहरुको भनें खैरो कपाल र निलो आँखा भएका भनी बताइन्छ र उनीहरुको गल्फ क्षेत्रको जस्तो शारीरीक वनावट भएको बताइन्छ ।
लादेनले आफ्नो उत्तराधिकारीको संख्या बढाउन अनि सबेसम्म आफूलाई शक्तिशाली पार्दै संगठन बिस्तारमा मद्धत हुन्छ भनी ईजिप्टका धेरै कट्टरवादी संगठनसंग नाता गाँसे र ति समुहका सदस्यसंग धेरै जसो बैवाहिक सम्बन्ध कायम गरे ।

यो पनि पढ्नुहा्ेस्
लादेनको मृत्युको ८ वर्ष पछि : अलकायदा कहाँ छ त ?
उन्का ३ छोराहरुले अलकायदाकै ब्विशसापात्र मानिने नेताहरु मुहम्मद अल जायत र मुहम्मद आतेफका छोरीहरु बिवाह गरे, यि मध्य एकजना छोराको मृत्यू भइसकेको छ ।
उन्का एउटा छोरा खालिदले भनें केहि कारणले बिवाह गरेनन र उन्को मृत्यू पनि अल्पायू मै सन् २०११ मा बुवासंगै अमेरिकी आक्रमणमा भयो । लादेनले आफ्ना दुई छोरीहरुको बिवाह भनें गल्फ राष्ट्रका ब्यापारी घरानाका केटाहरुसंग धुमधामले गरेका थिए भन्ने बताइन्छ । फतिमा र खादिजा नामका उन्का छोरीहरुको क्रमश ११ र १२ वर्षमै यिनले बिवाह गरिदिए ।
अरु ३ जना छोरीहरु चाँही भागेर ईरानबाट साउदी शरण लिन गएको तथ्य त छ तर तिनकन बिवाह बारे खासै तथ्य नपाइएको बताइन्छ ।
अलकायदाका महिलाहरुको अवस्था दर्दनाक भएको बताइन्छ, जिवनका आधारभूत कुराहरुको कमी अनि भयका बिचमा बालबालिका जन्माउने र हुर्काउने कार्यमा मात्र उनीहरु सक्रिय हुनुपरेको देखिन्छ । बालबालिकाहरु पनि त्रासका वातावरणमा बिना कुनै औपचारीक शिक्षा बाँच्नपर्ने अवस्था भएको बताइन्छ । लादेनसंग बस्ने सन्तान र श्रीमतीहरु अलिक राम्रो अवस्थामा भएपनि बाँकी परिवार वजिरिस्थान र ईरानमा बस्न्ु पर्ने र त्यहाँको अवस्था खराब रहेको लाईफ ईन साउदी अरबीया ले लेख्दछ । लादेनका अधिकांश सन्तान र श्रीमतीहरु सामान्य रोग र संक्रमणका कारणले उपचार अभावमा मरेको बताइन्छ । सन् १९९ण् मा सुडानको राजधानीमा लादेनको परिवारमा ४ श्रीमती र १४ बच्चाहरु थिए । त्यपछि जलालावाद अनि तोरावोरा हिमालय श्रृखलाहरुमा लादेनको परिवारसहितको बसाँई रहेको बताइन्छ । लादेनकी एक श्रिमतीचाँही साउदी अरब आफ्ना ३ सन्तानका साथ फर्किएकी र पछि लादेनका जेष्ठ पूत्र अब्दुल्लाह पनि त्यतै फर्किएका बताइन्छ । सन् २००० ताका साउदी नागरीकको हैसियतबाट हटाइएपछि लादेन परिवार सुडानी नागरीकको हैसियतमा रहे, उनीहरुले बिन लादेन थर परिवर्तन गरेर मोहम्मद अवद अवुद राख्नु पर्ने सम्म पनि भएको थियो ।
तोरा वोरा हिमालय श्रृखलामा लादेनका ३ श्रिमतीहरु ३ फरक गुफामा बसेका बताइन्छ र पछि यमनकी कान्छी श्रिमती पनि लादेनसंग बिवाह बन्धनमा बाँधिइन् । यसपछि लादेनका सन्तान सख्याँ ३० भएको हो । एउटा छोरालाई अटिज्म भएपछि ति छोरा पटिकी श्रीमती सिरिया गईन् भनें बाँकी ३ श्रिमती र ११ छोराछोरीहरु अवोत्तावादमा लादेनसंगै बस्दथे ।

लाइफ ईन साउदी अरबीयाबाट नेपालीमा अनुवाद

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग