
परम्परालाईलाई नचलाउः शताब्दीपुरुष सत्यमोहन जोशी
७ आश्विन २०७६, मंगलवार १३:३५
काठमाण्डौ । नेपालभाषा मंकाः खलः काठमाण्डौले यो वर्ष नेपाल संवत् १९४० नयाँ वर्ष तथा म्हःपूजा कार्तिक १२ गते मंगलबार मनाउन आग्रह गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको पात्रोअनुसार परम्परामा अलमल सिर्जना भएको भन्दै नयाँ वर्षको प्रथम दिन नै म्हःपुजा गरिने खलःले जनाएको छ । यस्तै, कार्त्तिक ११ गते सोमबार औंसीको दिन लक्ष्मीपूजा तथा कार्त्तिक १३ गते बुधबार द्वितीयाको दिन भाईटीका मनाउन नेवार समूदायलाई आग्रह गरेको छ ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभई परम्परादेखि चल्दै आएको व्यवहारमा पनि ध्यान दिन आग्रह गरे ।
प्रा.डा. त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपायहरु रहँदा–रहदैं पनि समितिले गर्ने बेवास्ताप्रति असन्तुष्टि जनाए । धर्मोदय सभाका अध्यक्ष यज्ञमान पतिले लक्ष्मीपुजा, म्हःपुजा र किजापुजा तीन दिन मनाउने चलन परम्परागत संस्कृति रहेको जानकारी गराए । सो अनुसार निम्न स्वरुपमा स्वन्ति पर्व मनाउनु पर्नेमा सबै एकमत रहेको छ ।
लक्ष्मीपुजा – ने.सं. ११३९ कौलगा औसी (कार्त्तिक ११ गते – सोमबार)
नेपाल संवत्/नयाँ वर्ष, म्हःपुजा – ने.सं. ११४० कछलाथ्व प्रतिपदा (कार्त्तिक १२ गते – मंगलबार)
किजापुजा/भाईटिका – ने.सं. ११४० कछलाथ्व द्वितीया (कार्त्तिक १३ गते – बुधबार)
(नेपाल पञ्चाङ्ग समितिको प्रकाशित पात्रोमा यी तिथिहरु निरन्तर छ, दोहोरिएको वा खण्डित छैन)
नेपाल संवत् सदा कछलाथ्व प्रतिपदाका दिन परिवर्तन हुने र यसै दिनमा नेवारहरुले म्हःपुजा गर्ने चलन सयौं वर्ष अघिदेखि व्यवहारमा रहेको छ । औंसिका दिन म्हःपुजा गर्नु र द्वितीयाका दिन नेपाल संवत् परिवर्तन हुने भनी दुष्प्रचार गरेर म्हःपुजा र नयाँ वर्ष अलग्ग गरि विभाजन ल्याउनु र किजापुजा प्रतिपदाका दिन गर्ने भनी विवादास्पद तिथि उल्लेख हुनु नेपालको मौलिक नेवार संस्कृति र परम्परागत मान्यताको विपरित रहेको तथ्य विज्ञ, संस्कृतिविद र सरोकारवालाहरुमा एकैमत रहेकोले परम्पराअनुरुप यस वर्षको स्वन्ति पर्वमा एकताकायम गरि हर्षोउल्लासका साथ ‘म्हःपुजा’ र ‘न्हूदँया भिंतुना’ र्याली मनाउन सबैमा अनुरोध गरेको छ । नेपाल सरकारले पनि सोहि अनुरुप सार्वजनिक विदा घोषणा गर्नपनि माग गरेको छ भनी नेपालभाषा मंकाः खलः का सचिव नरेशवीर शाक्यद्वारा प्रेसित प्रेस वक्तव्यमा उल्लेख छ ।
प्रेस वक्तव्यको वास्तविक प्रतिः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा