Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

मलेसियन एयरलाइन्सको हराएको विमानको रहस्य

११ आश्विन २०७६, शनिबार ०७:२२


मार्च ८ सन् २०१४ मा क्वाललम्पुर मलेसियाबाट १२ः३५ बजे राती उडेर चीनको बेइजिगंमा बिहान ६ः३० मा पुग्ने भनी उडेको जहाजको आजसम्म पनि कुनै अत्तोपत्तो छैन । आधूनिक जमानामा यसरी अत्याधूनिक विमान आफ्ना २३९ जना यात्रुसिहत ५ वर्ष भइसक्दा पनि हराइरहेको मात्र नभई विमानमा के भयो भन्ने सामान्य अड्कलसम्म कसैलाई छैन् । कुनै पनि निष्कर्षमा पुग्नसक्ने तथ्यको कमी र ठोस प्रमाण नभएको हिसाबमा आज ५ वर्ष पछि पनि यो जहाज र यात्रुबारे कसैलाई केहि जानकारी छैन, यत्रो ठूलो जहाज आखिर कहाँ छ त? समुन्द्रको गहिराई र मरुभूमिको बालुवाको हरेक कण खोज्दा सम्म पनि यस जहाजको सुँईको नपाँउदा आजको उड्डयनका लागि यो संभवत सर्वाधिक ठूलो रहस्य मानिएको छ । यो जहाज बोईगं कम्पनीको ७७७ मोडल थियो, जुन आजसम्म पनि अत्याधूनिक र सुरक्षितमध्य एउटा विश्वप्रसिद्ध मोडल हो । केवल ५ घण्टा ३४ मिनटको फ्लाइटमा यस विमान कता हरायो, विश्व चकित छ । जहाजमा ४९,१०० केजी ईन्धन थिो जस्ले जहाजलाई ७ घण्टा ४१ मिनटसम्म आकाशमा धान्न सक्ने देखिन्छ । यदि वाटामा केहि अफ्ठेरो परिस्थिती परेको खण्डमा जहाजले पर्याप्त ईन्धन भएका कारणले सडर्भजन लिएर अन्य कतै अवतरण गर्न सक्ने या फिर्न सक्ने पनि देखिन्छ । यस जहाज अमेरिकी कम्पनीले निर्माण गरेको र ११ वर्ष पुरानो जहाज भएको पाइन्छ, यस अघि यस जहाजमा कुनै पनि प्रकारको प्राविधिक समस्या नआएको देखिन्छ, तर यि सबै कुरा हुँदा हुँदै पनि आखिर कहाँ गयो त यो भिमकाय जहाज ?

१२ जना चालक दलका सदस्यहरु सबैजना मलेसियन भएको तथ्य छ, २ जना पाइलटहरु ककपीटमा थिए । मुख्य क्याप्टेन ५३ वर्षका जाहिर अहमद शाह सन् १९८१ देखि उड्ययनमा भएका र मलेसियन एयरलाइन्समै कार्यरत एउटा सिद्धहस्त पाइलट थिए जस्को फ्लाइगं घण्टा १८,००० घण्टा भन्दा धेरै थियो । को पाइलट फरिक अव्दुल हमिद २७ वर्षका र ७ वर्ष अनुभव भएका पाइलट थिए जस्को फ्लाइगं घण्टा २७०० घण्टा भन्दा धेरै थियो ।

जहाजमा १५३ जना चाइनिज, ५० मलेसियन, ७ ईण्डोनेशियन, ६ अष्टैलीयन, ५ भारतीय, ४ फ्रेन्च, ३ अमेरिकन, २ क्यानडेली, २ ईरानी, २ न्यूजिलेन्डरस, २ यूक्रेनी, १ डच, १ रसियन र १ ताइवानी नागरीक सवार थिए । १२ः३४ मा उड्ने फ्लाइट १२ः४२ मा क्वलालम्पुरबाट उड्यो र तत्कालै जहाजलाई १८,००० फिटमा चढ्न अनुमती दिइयो । उड्नअघि को पाइलटले सामान्यरुपमा एयर ट्राफिकसंग कुरा गरेको र उडेपछि क्याप्टेनले कुरा गरेको भ्वाइस रेकर्डहरु छन् । उडेको ३७ मिनटसम्म जहाज सामान्य उडानमा भएको देखिन्छ जब क्वललम्पुर एयर ट्राफिकले जहाजलाई भियतनाम एयर ट्राफिकसंग कुरा गर्न जानकारी दियो । यसरी कुरा हुँदा मुख्य पाइलटले मलेसियन ३७० गुडनाइट भनी सामान्य प्रतिक्रिया दिए तर त्यो नै जहाजको ककपीटसंगको अन्तिम सम्पर्क भयो । उतिवेला जहाज थाइल्याण्डको गल्फमाथि उडिरहेको थियो तर त्यसको ३ मिनटपछि राडारबाट हराएको जहाज आजसम्म पनि भेटिएको छैन ।

निकै ठूला खोजी कार्यक्रम, अरबौं डलरको खर्च गर्दा पनि यस जहाजको केहि पत्ता लाग्न सकेको छैन । त्यसदिन उक्त क्षेत्रमा कुनै बादल या तुफान पनि भएको तथ्य छैन, जहाजको ट्रान्सपोन्डर नै बन्द गरेर राडारको सिग्नलबाट नदेखिने बनाएको पनि हुनसक्छ तर आखिर किन र कसले ?

यदि कसैले जहाजलाई अपहरण नै गरेको थियो भनें पनि किन त अपहरणकारीले कुनै माग सहित कसैलाई केहि खबर गरेनन् ? आखिर कसरी हरायो त यो जहाज, आजसम्म पनि बिभिन्न थियोरी र फिक्शनका बिच यो रहस्य रहस्य नै भएर गएको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग