Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

श्रृंखलाको सम्भावना कति ?

७ मंसिर २०७५, शुक्रबार ११:५४

लोकप्रिय

मंसिर ७, काठमाण्डौ । सन् १९५१ देखि सुरु भएको विश्व सुन्दरी प्रतियोगिताको चर्चा अहिले विश्व भरि नै छ । यस्ता सौन्दर्य प्रतियोगीताहरुले नारीहरुको सौन्दर्यताको साथसाथै उनीहरुको भित्री प्रतिभाको प्रस्फुटन् गर्नुका साथै निखार्न पनि मद्दत गर्दछ। प्रत्यक बर्ष विश्वका धेरै देशबाट यस प्रतियोगितामा भाग लिने गरेका छन । यस प्रतियोगितामा सहभागी हुनकोलागी आआफ्नै देशमा सुन्दरी प्रतियोगीताको मुख्य उपाधी प्राप्त गरेको हुनुपर्दछ ।

नेपालमा पनि विश्व सुन्दरी प्रतियोगीताको उत्साह कम भने छैन । नेपालको तर्फबाट यस बर्ष मिस नेपाल श्रृंखला खतिवडाले विश्व सुन्दरी प्रतियोगिताको लागी आफ्नो दाबेदारी दिएकी छिन् । उक्त प्रतियोगिताको लागि बनाइएको उनको परिचयात्मक भिडियो अहिले युट्युवमा एकदमै चर्चामा रहेको छ साथै उनी भोटिङ्गमा पनि अग्रस्थानमा छिन् । सामाजिक सञ्जाल “मोभस्टार” मार्फत् उनलाई भोट गर्न सकिनेछ । उक्त एप मार्फत् श्रृंखलाको तस्बिर तथा भिडियोमा गरिएको प्रतिक्रियामा आधारमा भोट गणना हुनेछ । सामाजिक सञ्जालमार्फत् आफूलाई भोट गर्न उनले आग्रह गरेकी छिन । अन्य देशमा सहभागीहरुसँग नेपाली भाषामा बोलोको तथा गीत गाउँदै गरेको उनको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको छ । प्रतियोगिताको दौरानमा उनले सहभागी र उपस्थित सबैमाझ आफ्नो प्रभाव देखाउन सफल भइरहेकी छिन् ।

राजनैतिक पृष्ठभुमि, शिक्षा तथा सामाजिक संघ संस्थामा रहेको उनको संलग्नताले उनी उत्कृष्टहरुको सुचिमा पर्ने निश्चित छ । यही कारण पछिल्लो समय उनको व्यस्तता बढेको छ । श्रृंखलाको यात्रा व्यस्ततामा मात्र सीमित छैन, ‘मिस वोर्ल्ड’ बन्ने सम्भावनातर्फ समेत अघि बढिरहेको विश्लेषण र अड्कल सुरु भएको छ । २३ वर्षीया श्रृंखला खतिवडा मिस वर्ल्डको ताज पहिरिन आतुर रहेकी छिन् । तर हामीले यहाँ के बुझ्न जरुरी छ भने भोटिङ्ग एउटा माध्यम मात्र हो, त्योभन्दा पनि मुख्य भूमिका उनको ज्ञान, प्रतिभा, सौन्दर्यता, आत्मविश्वास जस्ता गुणहरुको रहेको छ।

उनिसंगै प्रतिस्पर्धा गर्ने अन्य देशको प्रतिस्पर्धीहरु पनि कम छैनन्। विकासको स्तर र साथै इन्टरनेटको पहुच नेपालमाभन्दा धेरै भएको देशहरु पनि उक्त प्रतिस्पर्धामा रहेका छन्। त्यसैले हामी अहिलेनै मिस वोर्ल्डको उपाधि श्रृंखलाले नै जित्छिन् भन्ने निस्कर्षमा पुग्नु उचित हुन्न, यसको लागि हामीले भोटिङ्ग चरणको अन्त्यसम्म कुर्न जरुरी छ। साथै अन्य चरणमा श्रृंखलाको प्रस्तुति कस्तो रहन्छ भन्ने कुराले पनि उतिकै महत्वपुर्ण भूमिका खेल्दछ। भोटिङ्ग र अन्य प्रस्तुतिको मुल्यांकनबाट नै एक सबल मिस वोर्ल्ड चुनिन्छ।

स्मरण रहोस मिस वर्ल्डको अघिल्लो संसकरणमा भोटिङ्ग चरणमा नेपालबाट धेरै भोट गरिएको थियो तर पछि जनसंख्याको दृष्टिकोणले धेरै ठुला देशहरु यो सुचिमा अघिल्ला् स्थानमा पुगेका थिए । त्यसकारण श्रृंखलालाई पहिलो नेपाली मिस वर्ल्ड भएको देख्न चाहानु हुने सम्पुर्ण सर्मथकहरुले भोटिङ्ग कार्यलाई निरन्तरता दिन आवश्यक छ ।

तस्बिर स्रोतः श्रृंखलाको फेसबुक वाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा