Lifestyle Portal
  •   ७ चैत्र २०७९, मंगलवार

कम्यूनिष्ट चीनको ७०औं जन्मदिन

१४ आश्विन २०७६, मंगलवार ०९:४३

लोकप्रिय

चीनको ७० औं राष्ट्रिय दिवसको उपलक्ष्यमा भव्य सैनिक परेड बिच राष्ट्रपति सि जिगं पिगंले विश्वका कुनै पनि शक्तिले चीनलाई अब हल्लाउन नसक्ने बताएका छन् । सञ्चार माध्यमहरुले यसलाई अहिले भइरहेको हङकङ्गको आन्दोलनमा चीनको दम्भका रुपमा यस प्रतिक्रियालाई बुझेका छन् भनी पनि बिभिन्न पश्चिमा सञ्चार माध्यममा लेखिएको पाइन्छ ।

टिनामेन स्क्वायर गेटमा उभिएर चीनका सर्वमान्य नेता माओले अक्टोबर सन् १९४९ मा चीनलाई पीपुल्स पब्लीक अफ चीन घोषणा गरेका थिए, यहि ठाँउमा वर्तमान राष्ट्रपति पिगंले मगंलबार सम्वोधन गरेका हुन् ।

भीन्टेज ओपन कारको लमतन्न भिँडका आगाडि माओ पछिका सबैभन्दा शक्तिशाली नेता पीगंले चीनको दुख्दायी दिनहरुबाट आजसम्मको विश्वको दोश्रो ठूलो अर्थतन्त्र हुँदासम्मका यात्रा को संझना गरे । राजधानीमा राष्ट्रिय दिवसका दिन चगां उडाउन देखि परेवाहरुलाई समेत उड्न प्रतिबन्ध दिएर थुनेर राखिएको छ ।

चीनको विश्वभरिका देशहरुमा प्रभाव हरेक वर्ष बढ्दो छ भनें बिआरआईको संरचनाले चीनलाई विश्वसामु नजिक ल्याँउदै छ । उता अमेरिकासंगको ब्यापारका विवाद अनि अफ्रिकामा चीनले निर्यात गर्ने सुँगुरहरुमा देखिएको कारणले भएको ब्यापार घाटा अहिले चीनका नेतृत्वको टाउको दुखाई त भयो यद्धपि अहिले हङकङ्गको आन्दोलनलाई भनें विशेष रुपमा चीनले नियालिरहेको बताइन्छ ।
चीनलाई ७०औं राष्ट्रिय दिवसको शुभकामना ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा