
मैले खसोग्गी मारेको हैनः साउदी राजकुमार
१४ आश्विन २०७६, मंगलवार १२:१८
साउदी अरबका डि फ्याक्टो शासक, राजकुमार अनि विश्वका एक चर्चित व्यक्ति, पत्रकार खसोग्गीलाई टर्कीमा हत्या गर्न लगाएको सबुत सहितको अभियोग खेपीरहेका छन् । भर्खरै अलजजिरामा साउदी अरबका शक्तिशाली राजकुमार मोहम्मद बिन सलमान अल साउदको अन्तरवार्ता छापिएको छ, आउनुहोस आज लाइभमाण्डुमा यस विषयमा कुरा गरौं ।
खसोग्गीमाथि भएको घटनाको म जिम्मेवारी लिन्छु किनभने उ साउदीमुलको हो र म यो देशको नेता हुँ र हत्या पनि साउदी सरकारी कर्मचरीबाट भएको देखिन्छ तर यस हत्यामा मेरो कुनै संलग्नता छैन, राजकुमार सलमानले बताए । उनी यूएसको सीबिएस नेटवर्कका लागि ६० मिनट लामो अन्तरवार्तामा थिए ।
राजकुमारका अनुसार यो घटना एउटा गल्ती थियो र अब त्यस्तो हुने छैन् । उता खसोग्गीकि प्रेमीका हेटिसे सेन्गीजले भनें राजकुमार सलमानको यो उत्तर विशुद्ध राजनैतिक भएको टिप्पणी गरेकी छिन् र उन्का अनुसार सलमानले विश्वलाई आफू साउदीका राजा भन्दा धेरै शक्तिशाली र प्रभावशाली भएको सन्देश दिइरहेका छन् भनी बताइन् । गत वर्ष अक्टोबर २मा खसोग्गीको टर्की ईस्तानाबुलमा बिवाह दर्ता गर्न साउदी बिभागमा पुगेका समयमा बिभत्स हत्या भएको थियो । सीआइए र अन्य पश्चिमा देशहरुका एजेन्सीले स्पष्ट रुपमा साउदी राजकुमारको प्रत्यक्ष समबन्ध रहेको प्रमाण भेटिएको जनाएका छन् ।
हत्यामा साउदी सरकारी कर्मचारीकै संलग्नता रहेको प्रश्नमा राजकुमारले आफ्नो सरकारको मातहतमा ३० लाख कर्मचारी रहेको र सबै कर्मचारीले आफ्नो दैनिकी आफूलाई थाहा नदिने र थाहा दिएपनि ब्यवहारीक रुपमा सुपरिवेक्षण गर्न असंभव रहेको हाँस्यास्पद र विवादित अभिव्यक्ति दिए । अमेरिकाको डिसीको अरब सेन्टरका प्रमुख अधिकृत खलिल जशनका अनुसार यस अन्र्तवार्ताले साउदी सरकारलाई अलिक खुकुलो र उदार त देखायो तर यस अन्र्तवार्ताले उत्तर भन्दा प्रश्न धेरै उब्जायो भनी प्रतिक्रिया जनाए । एउटा साउदी मूलका अमेरिकी पत्रकारको टर्कीमा बिभत्स हत्या भएको वर्ष दिन पुगिसक्दा पनि विश्व समुदाय मौन छ । केहि दिनमा खसोग्गीको हत्याको वर्ष दिन पुग्दैछ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग