पेरिस प्रहरी मुख्यालयमा छुरा प्रहार गरि ४ जना प्रहरी मारिए


एकजना प्रशासक पेरिसको प्रहरी मुख्यालयमा छुरा बोकेर भित्र छिरे, उन्ले ४ जना प्रहरी अधिकृतको छुरा प्रहार गरि हत्या गरे र अन्तत तिनलाई गोली हानेर मारियो ।

गत वर्ष आगलागी भएको नोट्रे ड्याम क्याथेड्रलको बाटो तर्फको गल्लीमा भएको एउटा खुल्ला चौरमा यि हत्यारालाई मारियो, यिनले मारिन अघि कार्यलय भिज्ञ ४ जना प्रहरीको निर्मम हत्या गरे । यि २० वर्षका प्रहरी प्रशासक प्रहरीको ईन्टेलिजेन्स यूनिटमा कार्यरत रहेका बताइन्छ, धेरै अन्य तथ्यहरु आउन बाँकी छ ।

फ्रान्स मिडियाले सेरामीक चक्कुको प्रयोग गरेर एकजना प्रहरीले प्रहरी मुख्यालयमा केहि अधिकारीहरुमाथि हमला गरेको मात्र बताएको छ । यस हत्याको ठिक एकदिन अघि हजारौं फ्रान्सेली प्रहरीले कम तलब, अत्याधिक कार्य चुनौति र बढ्दो आत्महत्या प्रकरणका बारेमा प्रर्दशन गरेका थिए ।

लाइभमाण्डु


Loading comments...