Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

हार्ट अटेकको जोखिम यसरी पत्ता लगाउनुहोस्

१९ आश्विन २०७६, आईतवार १३:१०


हृदयघातका धेरै कारणहरु हुन्छन । ती मध्ये प्रमुख १० कारणहरु तल तस्विरमा देखाइएका हुन् । त्यसमध्ये धुम्रपानको सेवन र उच्च कोलेस्ट्रोल सबभन्दा प्रमुख २ कारणहरु हुन् ।

नेपाल लगायत संसारका ५० भन्दा बढी देशहरुमा गरिएको एउटा रोचक अध्ययन (INTERHEART) को अनुसार यी दुई कारणहरु सबभन्दा बढी खतरनाक भएको पाइएको छ ।

५५ वर्ष भन्दा बढीका पुरुष र ६५ वर्ष भन्दा बढीका महिलालाई हृदयघातको खतरा बढी हुन्छ ।

त्यसैगरी पुरुषलाई हृदयघातको खतरा महिलामा भन्दा बढी भएको पाइन्छ । त्यसमा पनि ५० वर्ष भन्दा मुनिका महिलामा ह्दयाघात कम हुने गरेको पाइन्छ ।

वंशानुगत (Genetic) वा मानसिक तनावलाई पनि हिजोआज हृदयघातको महत्वपूर्ण कारणको रुपमा मानिन थालिएको छ ।

धेरैजसो अवस्थामा ह्दयाघातको निश्चित कारण भेटाउन सकिन्छ । तर कहिलेका“ही हृदयघातको कारण पत्ता नलाग्न पनि सक्छ ।

लगभग ९० प्रतिशत भन्दा बढी बिरामीमा हृदयघातको कारण पत्तालगाउन सकिन्छ । धेरैजसो अवस्थामा १ भन्दा बढी कारणहरु संगै भएका पाइन्छन् ।

हृदयघातका अनेक कारणहरु मध्ये चुरोटको सेवन, उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप नै प्रमुख हुन् ।

निम्नलिखित प्रश्नहरुको उत्तरमा “गर्छु वा छ” भने, हृदयघातको सम्भावना बढी भएको बुझिन्छ । कसैलाई एक भन्दा बढी कारणहरु (रिस्क फैक्टर्स) छन् भने, हृदयघातको खतरा झन बढी हुन्छ ।

  1. के तपाई धुम्रपान गर्नुहुन्छ ?
  2. के तपाईलाई मधुमेह छ ?
  3. के तपाईलाई उच्च रक्तचाप छ ?
  4. के तपाईको रगतमा कोलेस्ट्रोलको स्तर बढी छ ?
  5. के तपाईलाई मोटोपना छ वा कम्मर वरिपरि धेरै बोसो छ ?
  6. के तपाईको आमाबुबा, दिदीबहिनी वा दाजुभाईलाई हृदयघात भएको छ ?
  7. के तपाई अत्यधिक मदिराको सेवन गर्नुहुन्छ ?
  8. के तपाईलाई डिप्रेसन वा मानसिक तनाव छ ?
डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

धुम्रपानः धुम्रपानले ह्दयघातको खतरा २ देखि ४ गुणा बढाउछ । जति धेरै धुम्रपान गर्नुहुन्छ, ह्दयाघातको खतरा त्यति नै धेरै हुन्छ ।

सानै उमेरदेखि धुम्रपान गरेमा खतरा झन् बढी हुन्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट ÷ बिडीको सेवन गरेमा हृदयघातको खतरा अत्यन्तै धेरै हुन्छ ।

उच्च कोलेस्ट्रोलः उच्च कोलेस्ट्रोलले हृदयघातको खतरा लगभग ३ गुणा बढाउछ । कोलेस्ट्रोलको मात्रा रगतमा जति धेरैहुन्छ, ह्दयाघातको खतरा पनि त्यति नै बढी हुन्छ ।

युवा अवस्थामा देखिने हृदयघातका दुई प्रमुख कारणहरु मध्ये एउटा उच्च कोलेस्ट्रोल र अर्को धुम्रपान नै हो ।

मधुमेहः मधुमेहले हृदयघातको खतरा २ देखि ३ गुणा बढाउछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ ।

मधुमेह रोगीमा रक्तचाप र कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हृदयघातको खतरा झन बढी हुन्छ ।

उच्च रक्तचापः रक्तचापको नियन्त्रण नगरेमा हृदयघातको खतरा २ गुणा बढी हुन्छ ।

मोटोपनाः मोटोपना वा कम्मर वरिपरि धेरै बोसो भएमा हृदयघातको खतरा बढी हुन्छ ।

परिवारमा कसैलाई हृदयघात भएकोः आमाबुबा, दिदीबहिनी वा दाजुभाई कसैलाई कम उमेरमा (पुरुषलाई ४५ वर्ष वा महिलालाई ५५ वर्षभित्र) ह्दयाघात भएको छ भने, अन्य सदस्यालाई पनि हृदयघात हुने खतरा बढी हुन्छ ।

अत्यधिक मदिराको सेवनः नियमित रुपमा अत्यधिक मदिराको सेवन गर्नु वा एक दिनमै धेरै मदिराको सेवन गर्नु (Binge Drinking) ले पनि हृदयघात निम्त्याउन सक्छ ।

डिप्रेसन वा मानसिक तनावः परिवार, कार्यालय वा अर्थ ब्यवस्थासग सम्बन्धित तनावले पनि हृदयघात निम्त्याउन सक्छ ।

डिप्रेसनले पनि हृदयघात खतरा बढाउछ । तपाईलार्ईं पनि डिप्रेसन वा अत्यधिक मानसिक तनाव छ कि छैन बिचार गर्नुहोस् ।

यदि तपाईलाई माथि उल्लेखित १ भन्दा बढी (Risk Factors) कारणहरु छन् भने, हृदयघातको खतरा धेरै गुणा बढी हुन्छ ।

यदी तपाईं सँग यस्ता केही जोखिम हरु छन्न र तपाईंले त्यस्लाई राम्रो नियन्त्रणमा राख्नु भएको छ भन्ने हार्ट अटेक को जोखिम अत्यन्त न्यून हुन्छ। खानपीन, जीवन शैली र वा औषधी जुन माध्यम ले भएपनी यि जोखिम हरुलाई राम्रो नियन्त्रण मा सधैं राख्नु हार्ट अटेक रोक्ने सर्वोत्तम उपाय मानिन्छ I

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,