
एउटा ठूलो छाल जसरी बाँच्नुहोस्
२३ आश्विन २०७६, बिहीबार ०६:००
एउटा बिशाल लहर या छाल जसरी बाँच्दा धेरै कुराहरुको चरम अनुभव गर्न सकिन्छ, हामीहरुले लैगिंकतामाथि उठ्न सक्दछौँ यद्धपि यस यौनिकताको पर्खाललाई मेटाउन भनें सक्दैनौं । भावनाहरु रुपान्तरण गर्न सकिन्छ तर बिनाश गर्न सकिँदैन, मुटु हरवखत धड्किरहन्छ र सपनाहरु बुनिइरहिएको हुन्छ । न त यौन न त मुटु, केहि पनि नाशवान छैनन् ।
टाउकोको शरीरमा उपस्थितीको कुरा जोड्न मनलाग्यो, टाउको अर्थात शीर मुटु र शरीरकोे व्ययभारमा शरीरमा बिराजमान हुन्छ । मुटु मारियो भनें शरीर मर्दछ अनि जीवन एउटा मेसिनमा बसेको प्रेत जस्तो हुन्छ । अहिलेको विश्वलाई उदहारणका रुपमा लिऔं, मान्छेहरु जति ज्ञान प्राप्त गर्दछन् त्यतिनै कम जीवन तत्वको अनूभूति गर्दछन भनें कम ज्ञानले जीवनतत्वको अनूभूति बढि गराँउदछ । बिषयगत कुराहरु र धारणाहरु जति धेरै बुझ्यो, मान्छेहरुको भावनात्मक धाराप्रवाह उति कम हुँदै जान्छ । शीरमा मात्र सिमीत मान्छेहरुमा जिवन रसको कमी हुन्छ, उनीहरु कम जीवन अनूभूत गर्ने पथमा रहन्छन्, दुख्दायी जीवनमा रुमलिन्छन् । टाउकोले सबै उर्जाहरु शोस्दछ अनि यौनिकताका लागि केहि उर्जाहरु बाँकी नै रहँदैन । म यौनिकताको अभ्यास र परिभाषालाई यौनागंहरुमा सिमित राख्न चाहन्न, यो त केवल मसिनो अनुभवको त्यान्दा्रे मात्र हो जबकी लैगिंकता एउटा महासागर नै हो ।
यौनिकताको अवधारणालाई म जिवन, जिवन्त शरीर, धड्कन र सशक्ततासंग जोड्दछु, यस कुराको यौनागंसंग कुनै सरोकार नै छैन । उदहारणका लागि नृत्य गरिरहेको कोही मान्छे मा यौन लुकेको हुन्छ र यो उर्जा यौनिक उर्जा हो । यहाँनेर यौनागं भन्दा बाहिरको परिधीमा सोचिन जरुरी छ, यस वखत यहाँहरु सबैजनाले सम्पूर्ण रुपमा यौनलाई भूलेको हुनपर्दछ । आफ्नो शरीरसंगको गहिरो सहभागितामा घुलेको जीवन अनुभव र आनन्दलाई म लैगिंकतासंग जोड्दु, हो यहि यौनिकता हो । बिहान मर्निगं वाकमा निस्कँदा वायूमा भएको नृत्य देख्न सक्नु, गगन, सूर्य र रुखहरुको चालको माधुर्यता बुझ्न सक्नु र त्यसमा आफूलाई घुल्न दिनु र ब्रह्माण्डको एक टुक्रामा आनन्दमयी रुपले आफूलाई हराउन दिनु नै लैगिंकता हो । यौनमात्र यौनिकता होईन्, बिना कुनै अवरोध शरीरलाई पूर्ण रुपमा जिवन्त अनुभव गर्नुनै यौनिकता हो ।
यौनिकतालाई केवल यौनसम्पर्कमा मात्र सिमीत राख्दा केहि प्राप्त हुँदैन, उर्जाहरु नाश हुन्छन् र व्यर्थता श्रृजना हुन्छ । यो केवल एउटा टिठलाग्दो आशा हो र एउटा निकास हो जुन हाछ्यूँ गर्दा नाकबाट सिंगान निस्केको भन्दा फरक हुँदैन । नृत्यमा सम्पूर्णरुपले सहभागी नहुनु भनेंको अनुभवको तिर्थाटन गर्न नसक्नु भन्ने बुझिनुपर्दछ । त्यहाँ चरमोत्कर्षको आनन्द हुन्न ।
शरीरको हरेक भागमा पूर्ण उर्जा आवश्यक हुन्छ जुन शारीरीक सम्पर्कमा मात्र हुँदैन् र संभव पनि छैन । जब हाम्रो सम्पूर्णता यस अवस्थितीको सम्पूर्णतासंग सहभागी हुन्छ, त्यो नै सर्वोच्च अनुभव हो । मान्छेहरु चरमोत्कर्ष हैन स्खलनलाई केन्द्रित बिचार राख्दछन, अनुभव आशा गर्दछन जस्ले गर्दा सम्पूर्णरुपको चरमोत्कर्षमा उनीहरु नपुगि स्खलित हुन्छन् । यस अनूभवको शिघ्र स्खलनले मान्छेलाई उपल्लो अनुभवको सेतु पार गर्न दिँदैन ।
मलाई बुझ्नुभएको छ भनें म फेरि भन्दछु यौनलाई रुपान्तरण गर्न सकिएला तर यौनिकतालाई रुपान्तरण गर्न असंभव छ । यौनिक हुँदा यौन हराँउदछ र यौन गएर यौनिकतामा समाहित हुन्छ । त्यसपछि हामीहरु थप उर्जावान, बिचारशील र बिवेकपूर्ण हुन्छौं, ठूलो लहर झैं हामी बाँचन थाल्दछौं । त्यस सानो लहर हराँउदछ र हामी पहाड, हिमाल र रुखहरु हल्लाउन सक्ने लहर बन्दछौं । यहाँहरुको जीवनको मैनबत्ति दुबै छेउबाट बल्न थाल्दछ ।
द पाथ अफ प्याराडक्स
अनुवाद सुयोग ढकाल
ओशोवाणी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा