
रुसले सिरियाका ४ वटा अस्पतालहरु ध्वस्त पारेको पुष्टि
२७ आश्विन २०७६, सोमबार १४:१५
न्यूयोर्क टाइम्सको इन्भेस्टिगेशन रिपोर्टका अनुसार रुसी सेनाले सिरियाली अस्पतालहरुमा हमला गरेर १२ भित्र ४ वटा अस्पतालहरु ध्वस्त पारिएिको छ । रुसी प्लेनहरुले प्रयोग गरेका रेडियो आवाजका रेकर्डहरु, फ्लाइट लगको डाटा अन्य प्रमाणहरुले स्पष्टसंग मे महिनाको ५ देखि ६ गते भित्रमा रुसी सेनाले ४ वटा सिरियाली अस्पताल ध्वस्त पारेको प्रमाणाीत भएको बताएका छन् ।
अन्तराष्ट्रिय युद्ध कानुन अनुरुप अस्पतालमा हमला गर्नु अपराध हो यद्धपि रुसी सैनिकहरुको यस कार्यको सर्वत्र निन्दा भइरहेको छ । यता संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थाही सदस्य भएवापत रुसले स्वयम यस्तो युद्ध अपराध गर्न नहुने तर्कहरु पनि उठिरहेका छन् । नवाद भन्ने ठाँउको हयात सर्जिकल अस्पतालले करिब २ लाख मान्छेहरुलाई सेवा दिइरहेको थियो जुन अस्पताललाई रुसी हमलाले ध्वस्त पारिदियो ।
मे ५ को करिब २ः३२ बजे रुसी पाइलटले अस्पताललाई टार्गेटका रुपमा ब्याख्या गर्दै हमला गर्न अनुमति माग्दछन जुन रुसी कन्ट्रोल सेन्टरले अनुमति दिन्छ । यसै क्रममा रुसी हमलाले कार्फ जुता केभ अस्पताल र अल अमल अर्थो अस्पताललाई पनि ध्वस्त बनाएको प्रमाण पाइयो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग