Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

सुमो रेसलरको जीवन र स्वास्थ समस्याहरु

२ कार्तिक २०७६, शनिबार ०७:२१


जापानी मूलको यो खेल विश्वमा निकै चर्चित छ, दुईजना मोटाघाटा खेलाडीहरु एकआपसमा लड्दै अर्कालाई लडाउन र जमिन छुन खोज्दछन् । यो खेल जति रोचक छ त्यति नै यसको खेलाडीहरुको जिवन र मुख्यतया खेलजीवन पछिको सुमो रेसलरहरुको जीवनको अध्याय निकै पीडादयी हुने रहेछ ।

१४० किलो भन्दा धेरै तौल भएका रेसलरहरुको जीवनरेखा अरुभन्दा करिब १० वर्ष कम हुने तथ्य रहन्छ, यी रेसलरहरु करिब १५ या १६ वर्षमा नै तालिम अकाडमीमा भर्ना हुन्छन् । सफल खेलाडीहरुको जिवनशैली कुनै सेलीब्रेटीभन्दा कम हुँदैन अनि जीवनभरिका लागी ससम्मान दर्जा पनि पाउँदछन् । तर सबै सुमो खेलाडीका लागि यो स्थान साध्य हुँदैन, कतिको जिवन त केवल संघर्षमा नै बित्दछ ।

निकै धेरै स्वास्थ समस्या, कम शैक्षिक अवसर अनि सानै उमेरका तालिम अकाडमीमा छिरेका यि रेसलरहरुलाई बाहिरी दुनियाँमा निकै समस्या पर्दछ ।

अत्याधिक तौल बढाउन यि रेसलरहरुले सुमो फुड भनिने अत्याधिक ठूलो परिमाणको विशेष खानपानका लागि अभ्यस्त रहन्छन् । प्रतिदिन अत्यधिक मात्रामा बियर पनि पिउनु पर्दछ, वास्तवमा खाना खानु र धेरै खाना खान सक्नु सुमो रेसलरको लागि जरुरी कुरा हो । उनीहरुलाई सकेसम्म धेरै खाना खान उत्प्रेरीत गरिन्छ । शायद! खानासँगको यो निकटताले पनि हुनसक्दछ धेरै सुमो रेसलरहरु सफलता हासिल नभएपनि या टप याकुजोना हुन नसकेपछि रेस्टुरेन्ट खालेर जीवनयापन गरिरहेको पाइन्छ । सुमो रेसलरले वा रेसलरलाई बनाइने खानालाई ‘चांकुनावे’ भनिन्छ, यसमा बिशेषत हटपट र राइस करि आदि बनाइन्छ । जापानमा हरेक वर्ष ४०० देखि ५०० नयाँ सुमो रेसलरहरु भर्ना हुन्छन् । त्यस वर्षभरिमा तिमध्ये केवल १० प्रतिशत मात्र व्यवसायीक खेल जीवनका लागि टिकिरहन्छन् ।

३० वर्ष काट्दा नकाट्दा यि रेसलरहरुको शरीरका बिभिन्न अगं, माशपेशी र नशाहरुमा रोग लाग्न थाल्दछ, यो अत्याधिक खाना र ठूलो शरीरका कारणले हुने बताइन्छ । शुरुमा खाना अनुसारको कसरत पनि हुन्छ तर पछि सुस्तरि कसरतमा कमी र खानाको समान परिमाणले शरीरमा नचाहिने भार बढ्दछ ।

सुमो रेसलरको जीवनमा पछिल्लो समयमा धेरै स्वास्थ समस्या आउने र शिघ्र मृत्यु हुने समस्या देखिन्छ । यद्धपि यस खेल प्रतिको आकर्षण विश्वभर निकै नै छ ।


लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,