Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

सेप्टेम्बर २०१९ मा १८,३५१ पर्यटकहरुबाट गण्डकी प्रदेशको भ्रमण

३० आश्विन २०७६, बिहीबार १०:५६

गण्डकी प्रदेशका कास्की जिल्ला स्थित पोखरा विमानस्थल कार्यालय, तनहुंको आँबुखैरेनी र स्याङ्जाको गल्याङ स्थित प्रहरी चौकीहरुले संकलन गरेको अन्तर्राष्ट्रिय पर्यटकहरुको तथ्याङ्क अनुसार सन् २०१९ को सेप्टेम्बर महिनामा गण्डकी प्रदेश भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरुको संख्या निम्नानुसार रहेको छ ।
अन्तर्राष्ट्रिय पर्यटक                        प्रवेश बिन्दु
पोखरा विमानस्थल               आँवुखैरेनी         गल्याङ         कुल
भारतीय                                १८२६                            ४५९७              ७९४          ७२१७
तेस्रो मुलुक                            ४९७५                           ६१२९                 ३०           १११३४
कुल                                     ६८०१                           १०७२६              ८२४           १८३५१

नोटः उपरोक्त संख्यामा गण्डकी प्रदेशको नवलपुर जिल्ला भ्रमणमा आएका पर्यटकहरुको संख्या समावेश छैन ।

सन् २०१९ को अगस्त महिना भन्दा सेप्टेम्बरमा २४८९ जना विदेशी पर्यटकहरुले गण्डकी प्रदेशको भ्रमण गरेका छन जुन १५.७ प्रतिशतले बढी हो ।

पर्यटक आगमनको विगत दुई महिनाको प्रवृत्ति हेर्दा पृथ्वी राजमार्ग भएर गण्डकी प्रदेश भित्रिने पर्यटकहरुको हिस्सा लगभग ६० प्रतिशत छ भने स्रोत बजारहरुको दृष्टिकोणबाट भारतीय पर्यटकहरुको संख्या सबैभन्दा बढी अर्थात ३९ प्रतिशत देखिन्छ ।

नेपाल पर्यटन बोर्ड,गण्डकी प्रदेश कार्यालय

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास