
Ranitidine ले क्यान्सर गराउछ?
१ कार्तिक २०७६, शुक्रबार ११:११
भर्खरै हामीले दैनिक जिवनमा प्रयोग गर्ने सामान्य र सुलभ ओखतीहरुमा भएको र्यान्टीडाइन नामक तत्वले क्यान्सर गराँउछ भन्ने तथ्य आएपछि हामीमध्य धेरै त्रासमा छौं । आज यसै बिषयमा चिकित्सक समीर लामाको वालमा राखिएको तथ्यहरु प्रस्तुत गर्न चाह्यौं ।
केही भ्रम केही तथ्य :
-Ranitidine ले क्यान्सर गराउने हैन। केही ब्याचका ranitidine औषधीमा NDMA भन्ने केमिकल मिसिएको पाइएको हो, जुन केमिकलले क्यान्सर गराउने सम्भावना हुन्छ भनिएको हो।
-NDMA पानी, डेरीको दूध, मासु, तरकारीहरुमा पनि न्यून मात्रामा पाइन्छ। प्रारम्भिक परिक्षणमा देखिए अनुसार Ranitidine मा पाइएको NDMA को मात्रा यी खानेकुराहरुमा भन्दा धेरै हैन।
-US FDA ले Ranitidine प्रयोग बन्द गर्नु भनेको छैन। अहिले ranitidine मा NDMA कसरी देखियो, यसको मात्रा क्यान्सर गराउने गरी छ छैन भनेर अनुसन्धान हुदैंछ। पहिले देखि खाइरहेकोले खादै गर्दा हुन्छ, औषधि बदल्न चाहनेले ग्यास्ट्रीकको लागि अन्य औषधि खादा हुन्छ भनेको छ।
हामी के गर्न सक्छौं ?
१, Ranitidine ले आफूलाई राम्रो गरिरहेको छ भने त्यही खाइरहन सकिन्छ।
२, हैन, यो समाचारले धेरै नै डर लागेको छ भने औषधि फेरेर ओमेप्राजोल, पान्टोप्राजोल, राबेप्राजोल औषधि खान सक्नुहुन्छ।
३, स्पष्ट के हुनुपर्यो भने Ranitidine ले क्यान्सर गराउने हैन, त्यसमा देखिएको NDMAले हो। त्यो पनि धेरै मात्रामा देखिएको हैन, खाने बित्तिकै हुने पनि हैन।
४। केही मिडियाले जनतालाई सूसुचित गर्ने भन्दा तर्साउने, डर फैलाउने काम गरेको देखियो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा