
सुशीला पौडेलको ‘तृषा’
३ कार्तिक २०७६, आईतवार ११:०२
नेपाली साहित्यकी वर्तमान पुस्ताकी अर्को एउटा सशक्त हस्ताक्षरको नाउँ सुशीला पौडेल पनि हो । गीतगजलको संसारमा आफ्नो पहिचान बनाइसकेकी सुशीला यस बखत नेपाली आख्यानको संसारमा आफ्नो ‘तृषा’का साथ उभिएकी छिन् ।

सौम्य, शिष्ट, मर्यादित, शिक्षित तथा सुन्दर कायासमेतले सजिएको व्यक्तित्वकी धनी सौभाग्यवती सुशीला पौडेलको कलम समेत गरिमाशाली हुनुलाई नेपाली साहित्यको उपलब्धिका रूपमा लिनुपर्छ ।
पाठकले ‘तृषा’ हातमा लिएर पढ्न मात्र शुरू गर्नु पर्छ । त्यसपछि उपन्यासले अविरल रूपमा पाठकलाई तान्न थाल्छ । पाठकलाई ‘तृषा’ निखार्न उद्धत पार्ने क्षमताका साथ नेपाली उपन्यास जगतमा सुशीलाको उपस्थिति भएको छ । त्यसैले पौडेलबाट भविष्यमा थप विशिष्ट उपन्यासहरू सृजना हुने प्रबल संभावना देखिएको छ ।
नेपाली भाषा साहित्यमा अहिले नयाँनयाँ र विशिष्ट प्रतिभाको आगमन भइरहेको छ । नेपाली भाषा साहित्यमै आफ्नो विगत र वर्तमान बिताएका हाम्रा लागि साहित्यिक जगतमा सुशीला पौडेलजन्य विशिष्ट प्रतिभाहरूको सबल उपस्थिति हुनुले हाम्रै सुरक्षित एवम् उज्ज्वल भविष्यको सङ्केत देखाउँछ । त्यतिमात्र होइन यस्तो दृष्यले हामीलाई पुलकित तुल्याउँछ र प्रेरित समेत गर्छ । यस कारण पनि जोडिँदा सुशीलाजस्ता सबल साहित्यिक पुस्ताहरू हाम्रा अमूल्य धरोहर हुन् ।
मातृसत्ताको अवशानपछि पितृसत्ताद्वारा नारीमाथि थोपरिएका बन्धनका बोझले सुशीला पौडेलको ‘तृषा’ निस्सासिएको, गुम्सिएको र उकुसमुकुसिएको पाइन्छ । पाठक र अझ खासगरेर नारी पाठक सुशीलाको ‘तृषा’ की प्रमुख पात्र प्रमीलासँग एकाकार हुनै पर्ने अवस्था छ । पितृसत्ताको थिचोमिचोमा परेका समग्र नारी अस्मिताको कथा बोलेको ‘तृषा’ प्रमीलाको मात्र ‘तृषा’ नभएर समग्र नारी जातिको ‘तृषा’ बनेको छ । उपन्यासको प्रमुख पात्र प्रमोदजन्य पितृसत्ताका जीवन्त प्रतीकको अभिमान र स्वेच्छाचारिताको छिद्रबाट उनीहरूकै परिवारभित्र जीवनप्रवृत्ति खलपात्रको प्रवेश हुने कुराको खुलासा ‘तृषा’ मा गरिएको छ । पितृसत्ताको प्रतिकात्मक पात्र शोषक र शासक प्रमोदका कारण स्वयम् प्रमोद र प्रमीला खलपात्र जीवनबाट मानसिक र भौतिक दुवै तरिकाले प्रताडित बनेपछि मार्मिक ढङ्गबाट उपन्यासको अन्त्य भएको छ ।
‘तृषा’ उपन्यासमा एकातिर नारीप्रतिको पितृसत्तात्मक क्रुर शासन प्रवृत्तिको उजागार गराइएको छ भने अर्कातिर बेलैमा आफूलाई सुधारेर आफ्नो सत्ता सुरक्षित बनाउन पितृसत्तालाई पनि सचेत गराइएको छ ।
हिजो पशुतुल्य जीवन बिताउन वाध्य नारीमाथि शासन गर्ने पितृसत्ता आजका शिक्षित नारीमाथि पनि शासन गर्न उद्धत हुनाले नै पारिवारिक दुर्घटनाहरू हुने गर्छन् भन्ने सन्देश प्रवाह गर्न पनि पौडेलको ‘तृषा’ समर्थ रहेको छ ।
आख्यानको एउटै कृति प्रस्तुत गरेर यस क्षेत्रमा आफ्नो सबल उपस्थितिका साथ हस्तक्षेपकारी भूमिकामा उदाएकी सुशीला पौडेलको नेपाली साहित्य संसारमा निकै उज्यालो भविष्य देखा परेको छ । यसबेला मेरी प्रिय अनुजा सुशीला पौडेललाई ‘तृषा’का लागि बधाई र थप आख्यान सृजना गर्ने शुभकामना समेत अर्पण गर्दछु ।
—
लाईभमाण्डूका लागि © इन्दिरा प्रसाई
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,